घोडाको यो चर्काे मूल्य

बुधबार, २९ भदौ २०७३, ०९ : ४० शुक्रवार , Kathmandu
घोडाको यो चर्काे मूल्य

सुविधासम्पन्न गाडीभन्दा चर्काे मोलमा भारतमा एउटा घोडाको किनबेच भएको छ । भारतीय राज्य राजस्थानको पाली जिल्लाको एउटा घोडा करिब १ करोड ७८ लाख रुपैयाँमा विक्री भएको हो । स्थानीय मारवाडी नश्लको सो घोडालाई नारायणसिंह आकडावास नाम गरेका व्यक्तिले राजस्थानकै भंवरसिंह राठौरको तबलाबाट खरिद गरेका हुन् ।
खरिदकर्ता नारायणसिंहले भने, ‘मसँग मारवाडी नश्लका दुई घोडा छँदै छन् । तर, यो घोडा विशेष लागेकाले यति चर्को मूल्य तिर्न राजी भएँ ।’ खरिद गरेको घोडाको रेखदेखका लागि उनले तीन कर्मचारी नियुक्त गरिसकेका छन् । घोडालाई नबाँधीकन खुला छोडेर पाल्ने उनको योजना छ ।

Leave A Comment