प्रशिक्षक बन्न जाल्टनको तयारी

बुधबार, २९ भदौ २०७३, १० : २६ शुक्रवार , Kathmandu
प्रशिक्षक बन्न जाल्टनको तयारी

म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी जाल्टन इब्राहिमोविचले प्रशिक्षक बन्न तयारी थालेका छन् । इब्राहिमोविचले आउँदो वर्षमा प्रशिक्षक बन्नका लागि तयारी तीव्र पार्ने योजना बनाएको बेलायती पत्रिका ‘द सन’ले जनाएको छ । खेल जीवनबाट सन्न्यास लिएलगत्तै प्रशिक्षकका रूपमा फुटबलमा फर्किने योजनामा ३४ वर्षका इब्राहिमोविच छन् । उनले यस विषयमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक होसे मोरिन्होसँग पनि कुरा गरेका छन् । इब्राहिमोविचले आउँदो वर्षको सुरुमा प्रशिक्षकका लागि परीक्षा दिने तयारी छ । इब्राहिमोविच अझै दुईतीन वर्ष व्यावसायिक फुटबल खेल्ने र त्यसपछि प्रशिक्षक बन्ने योजनामा रहेको ‘द सन’ले लेखेको छ । प्रशिक्षक मोरिन्होले पनि इब्राहिमोविचलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले प्रशिक्षकका रूपमा इब्राहिमोविचका लागि ढोका खुला रहेको बताएका छन् ।
स्विडेनका पूर्वकप्तानसमेत रहेका इब्राहिमोविच फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनबाट यसै सिजनमा म्यानचेस्टर युनाइडेट गएका हुन् । उनले स्विडेनको राष्ट्रिय टोलीबाट भने सन्न्यास लिइसकेका छन् ।

Leave A Comment