फरक अवतारमा अनुप

बुधबार, २९ भदौ २०७३, १० : ४१ शुक्रवार , Kathmandu
फरक अवतारमा अनुप

अभिनेता अनुपविक्रम शाहीको ‘किङ’ लुक्स बाहिरिएको छ । यो फिल्ममा उनी एकदमै फरक अवतारमा रहेको बताइन्छ । लुक्समा उनको अनुहारको भाव अन्य फिल्मभन्दा फरक छ ।
यो फिल्मका लागि अनुपले आफ्नो गेटअपसहित ‘बडी स्ट्रक्चर’ लाई समेत परिवर्तन गरेको बताइएको छ । सवीर श्रेष्ठले निर्देशन गरेको फिल्ममा अभिनेता निखिल उप्रेति पनि प्रमुख भूमिकामा छन् । यो फिल्ममा उनी ‘प्रोटागानिस्ट’ हुन् या ‘एन्टागोनिस्ट’ ? खुलाइएको छैन । तर, सार्वजनिक भएको उनको तस्बिर हेर्दा उनको अवतार डरलाग्दो लाग्छ । फिल्ममा उनको निखिलसँग द्वन्द्व हुने बुझिएको छ । अभिनेत्री बेनिशा हमाल यो फिल्मकी एक्ली हिरोइन हुन् । असोज २१ गतेबाट यो फिल्म प्रदर्शनमा आउँदै छ ।

 

Leave A Comment