एनाकोन्डासँग स्टन्ट

बुधबार, २९ भदौ २०७३, ११ : ५९ शुक्रवार , Kathmandu
एनाकोन्डासँग स्टन्ट

ठूलठूला जनावरलाई पनि बेरेर क¥याककुरुक पारी भोजन गर्ने एनाकोन्डाको सामु निहत्था कोही जानाजान जाने आँट गर्ला ? तर, डिस्कभरी च्यानलका लागि स्टन्ट गर्ने पल रोसोलीले यस्तो कैयौँ चोटि गरेका छन् । उनको यस्तो साहसलाई कतिपयले मूर्खता र पागलपनको संज्ञासमेत दिने गरेका छन् । अनेक जुक्ति गरेर एनाकोन्डासँग पौँठेजोरी खेल्ने उनले प्रायः एनाकोन्डालाई माथ गर्ने गरेका छन् । तर, हालसालै उनी झण्डै एनाकोन्डाको शिकार बन्न पुगेका थिए । ‘एनाकोन्डाले उनको टाउको मुखमा हालेर बिस्तारै निल्न लाग्यो । त्यत्तिकैमा पललाई हातको हड्डी भाँचिएको आभास हुन थाल्यो । उनले छेउछाउमा रहेका सहयोगीसँग सहयोगको याचना गरे । सहयोगीले उनको ज्यान बचाए । यसरी मृत्युको मुखबाट उनी उम्किँदै गरेको दृश्य भिडियोमा समेत कैद भएको थियो, जुन भिडियो डिस्कभरी च्यानलले हालसालै प्रसारण गरिदिएको छ,’ समाचारमा भनिएको छ ।  

 

Leave A Comment