क्रुद्ध जोली

बिहिबार, ३० भदौ २०७३, ११ : २७ शुक्रवार , Kathmandu
क्रुद्ध जोली

हलिउड अभिनेत्री एन्जेलिना जोली अहिले क्रुद्ध छिन् । अभिनेता चार्लिज थेरोनका कारण उनी कुद्ध भएकी हुन् ।
उसो त चार्लिज र जोलीबीचको विवाद समाचारको विषय बनिरहन्छ । यसपटक बन्न लागेको नयाँ फिल्म ‘मर्डर अफ द ओरियन्ट एक्सप्रेस’लाई लिएर यी दुईबीच विवाद भएको हो ।
‘यो नामको फिल्म पहिले पनि बनिसकेको छ । फिल्मको रिमेकमा जोलीलाई काम गराउने तय भएको थियो । तर, चार्लिजले अनेक तिकडम गरेर जोलीको ठाउँमा अर्कै अभिनेत्रीलाई ल्याउन खोजेको कुरा जोलीले थाहा पाइन् । त्यही भएर अहिले उनी क्रुद्ध छिन्,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment