प्रौढ पौडीबाजले जितिन् स्वर्णपदक

शुक्रबार, ३१ भदौ २०७३, १० : २७ शुक्रवार , Kathmandu
प्रौढ पौडीबाजले जितिन् स्वर्णपदक

ब्राजिलको रियो द जानिरोमा चलिरहेको पाराओलम्पिकमा काजकस्तानकी ५० वर्षीया पौडी खेलाडीले स्वर्णपदक जितेकी छन् । जुल्फिया गाबिदुलिनाले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । उनले काजकस्तानलाई पाराओलम्पिकमा इतिहासमै पहिलो पटक स्वर्ण पदक दिलाएकी हन् ।
उनले ४३ दशमलव २२ सेकेन्डमा दूरी पूरा गरेर नयाँ विश्व कीर्तिमान बनाइन् । खुट्टा नभएकी जुल्फिया यसअघि ह्विलचियर धाविका थिइन् । उनले ३० वर्षको उमेरपछि मात्रै पौडी सुरु गरेकी हन् ।

Leave A Comment