प्रफुल्ल प्रियंका

शुक्रबार, ३१ भदौ २०७३, १२ : ०६ शुक्रवार , Kathmandu
प्रफुल्ल प्रियंका

बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले मख्ख छिन् । अभिनेता अनिल कपुरले तारिफ गरिदिएपछि उनी प्रफुल्ल भएकी हुन् ।
हलिउडमा भाग्य परीक्षण गरिरहेकी प्रियंकाले फुर्सद निकालेर मराठी फिल्म ‘भेन्टिलेटर’मा काम गरेकी थिइन् । फिल्म तयार भइसकेको छ, तर रिलिज भइसकेको छैन । फिल्म रिलिज हुनुअगावै कनिल कपुरले ‘प्रियंकाको पहिलो मराठी फिल्म हिट हुनेमा आफू विश्वस्त रहेको’ बताएपछि प्रियंका मख्ख परेकी हुन् ।
‘भेन्टिलेटर’को गीत सार्वजनिक गर्ने कार्यक्रममा अनिल कपुर पनि सहभागी थिए । कार्यक्रममा उनले प्रियंकासँग केही थान तस्बिर लिएका थिए । तीमध्ये एउटा तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले प्रियंकाको फिल्म हिट हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

 

Leave A Comment