मैदानमै ढलेका दुई खेलाडीको निधन

शनिबार, ०१ असोज २०७३, १२ : १७ शुक्रवार , Kathmandu
मैदानमै ढलेका दुई खेलाडीको निधन

मैदानमा ढलेर बेलायत र फ्रान्समा फुटबल खेलाडीको निधन भएको छ । खेलका क्रममा मैदानमै लडेका बेलायतको नन लिग फुटबल क्लब साव लानेका डिफेन्डर २६ वर्षका ड्यानियल विलकिनसनको मंगलवार निधन भएको हो । उनी  ब्रिगहाउस टाउनसँगको खेलको क्रममा मैदानमै लडेका थिए । लगत्तै उनको मैदानमै प्राथमिक उपचार गरिएको थियो । त्यसपछि उनलाई नजिकैको अस्पताल लगिएको र उनको उपचारको क्रममा निधन भएको क्लबले जनाएको छ ।
त्यस्तै, फ्रेन्च कपअन्तर्गत गत सोमवार भएको खेलको क्रममा फ्रान्सको छैटौँ डिभिजनको क्लब एजे विगुइयाका बेन इड्रिसा डर्मको पनि निधन भएको हो । फ्रेन्च कपको तेस्रो चरणअन्तर्गत फुरिएनीसँगको खेलको दोस्रो हाफको क्रममा बेनलाई हृदयाघात भएपछि उनी मैदानमा लडेका थिए । मैदानमै लडेका उनलाई त्यहाँ रहेको मेडिकल टिमले उपचार गरे पनि बचाउन भने सकेन । बुर्किना फासोको राष्ट्रिय टिमका पूर्वखेलाडी ३४ वर्षका बेनले राष्ट्रिय टिमबाट चार खेल खेलेका छन् ।

Leave A Comment