माछा वर्षिएपछि

आइतबार, ०२ असोज २०७३, १० : १२ शुक्रवार , Kathmandu
माछा वर्षिएपछि

आकाशबाट वर्षिएको एउटा माछाले लागेर अमेरिकी शहर फिलाडेल्फियाकी एउटी युवती घाइते भएकी छिन् । उनको नाकमा सामान्य चोट लागेको छ ।
आकाशबाट खसेको दुई केजीभन्दा  बढी वजन भएको माछा लागेर लिजा लोब्री घाइते भएकी हुन् । फिलाडेल्फिास्थित म्युजियम अफ आट्र्समा काम विशेषले जाँदै गर्दा उनलाई माछाले लागेको थियो ।
‘म हिँडिरहेकी थिएँ, एक्कासि नाकमा कुनै वस्तु झ¥यो र हुरुक्क हुने गरी दुख्यो,’ उनले भनिन् । उनको देब्रे आँखातल थोरै काटिएको छ  भने नाक सुन्निएको छ ।
समाचारअनुसार आकाशबाट एउटा माछा कसरी वर्षियो भन्ने यकिन जानकारी प्राप्त हुन सकेको छैन । ‘तर, त्यहाँका अधिकांश सञ्चारमाध्यमले के अनुमान गरेका छन् भने चराले चुच्चोमा माछा च्यापेर उडिरहेको बेला चुच्चोबाट खसेर माछा त्यसरी झर्न पुगेको हो,’ हफिङ्टन पोस्टले लेखेको छ ।

 

Leave A Comment