बाहिरिए विक्रम

आइतबार, ०२ असोज २०७३, १० : ३२ शुक्रवार , Kathmandu
बाहिरिए विक्रम

रियो पाराओलम्पिकमा विक्रम राना पहिलो चरणबाटै बाहिरिएका छन् । ब्राजिलको रियो द जानिरोेमा एक सय मिटर दौडमा राना दौडमा भाग लिएका १८ जनाको पुछारमा रहे ।
उनीभन्दा पछि रहेका दुईजना खेलाडीले भने दौड नै पूरा गरेनन् । विक्रमले निर्धारित दूरी १३ दशमलव ०२ सेकेन्डमा पूरा गरेका थिए । जुन चार वर्षअघि लन्डनमा गरेको प्रदर्शनभन्दा खराब हो । ११ दशमलव ७० सेकन्डको समय निकाल्ने खेलाडी दोस्रो चरणमा प्रवेश गरेका थिए ।
बैतडीका ३७ वर्षे रानाले चार वर्षअघि लन्डन ओलम्पिकमा दुईवटा स्पर्धामा भाग लिएका थिए । उनले लन्डनमा एक सय मिटर दूरी १२ दशमलव ८१ सेकेन्डमा र दुई सय मिटर दूरी २६ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै दक्षिण एसियाली कीर्तिमान कायम गरेका थिए । द्वन्द्वका क्रममा आँखा गुमाएका उनी दृष्टिविहीन क्रिकेट खेलाडी पनि हुन् । राना नेपाली सेनामा आबद्ध छन् । दुईजना खेलाडीका साथमा २१ जना पदाधिकारी पाराओलम्पिकमा भाग लिन रियो पुगेका छन् ।
पाराओलम्पिकमा अब पौडीमा लक्ष्मी कुँवरले खेल्न बाँकी छ । उनले आउँदो शनिवार एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

Leave A Comment