‘तृष्णा’को सांगीतिक तिर्खा

आइतबार, ०२ असोज २०७३, ११ : ३३ हिमाल लम्साल , Kathmandu
‘तृष्णा’को सांगीतिक तिर्खा

कपनमा तीन युवा केही वर्ष मेटल संगीतमा झुमे । तर, अन्डरग्राउन्ड मेटल ब्यान्डबाट उनीहरूले सोचेजस्तो उपलब्धि हात पार्न सकेनन् । मेटलमा भविष्य नदेखेर उनीहरू नयाँ ब्यान्ड फर्म गर्नतिर लागे र नाम राखे– ‘तृष्णा’ । दुई वर्षअघि फर्म भएको तृष्णा ब्यान्डको आफ्नो अफिसियल कुनै विधा छैन । ब्यान्डले हिन्दी र नेपाली क्लासिकल, कमर्सियल, ज्याज, ब्लुज संगीतमा दर्शक÷स्रोताको मन जितिरहेको छ । तृष्णा ब्यान्डको भोकलमा सलिन थापामगर, गिटारमा अभिषेक कार्की र पर्कसनमा सुवास सुनार रहेका छन् ।
‘तृष्णा ब्यान्डको कुनै अफिसियल जान्र छैन,’ गिटारिस्ट अभिषेकले भने, ‘दर्शक÷स्रोताको चाहनालाई बुझेर सबै प्रकारका संगीत गाउँदै आएका छौँ ।’ ब्यान्डका तीनै सदस्य फरकफरक संगीतका पारखी रहेका छन् । ‘हामी तीनै छुट्टाछुट्टै संगीतको विधाबाट आएका हौँ,’ अभिषेकले भने, ‘हामी अकाउस्टिक संगीतमा जमिरहेका छौँ ।’
तृष्णाले काठमाडौँका नाम चलेका रेस्टुरेन्ट, बार र पबमा नियमित गीत गाउँदै आएको छ । ब्यान्डले दरबारमार्ग, फेसेस लाउन्जलगायत ठाउँमा प्रस्तुति दिँदै आएको छ ।
सुरुवातमा परिवारको साथ नपाए पनि अहिले भने पाइरहेको ब्यान्डका पर्कसनिस्ट सुवासले बताए । ‘अहिले आफ्नो खर्च र म्युजिकको सामान आफँै किन्न सक्ने भएका छौँ,’ उनले भने, ‘म्युजिकमा लागेर धेरै पैसा कमाउन नसकिएला । तर, आफ्नो जीविका चाहिँ चलाउन सकिन्छ । सबैभन्दा ठूलो कुरो संगीतको तिर्खा हो ।’
दर्शक÷स्रोताको अपेक्षाअनुसार संगीत गाउने–बजाउने गरेको ब्यान्डका सदस्यहरूको भनाइ छ । ‘एउटै जान्रमा सीमित भएर बाँच्नै सकिँदैन,’ सुवासले भने, ‘दर्शक÷स्रोताको चाहनाअनुसार संगीत प्रस्त्ुत गर्नेपर्ने हुन्छ । त्यसैले कर्मसियल गीत गाउँदै आएका छौँ ।’
ब्यान्डले रेस्टुरेन्ट तथा पबमा नियमित लाइभ म्युजिक प्रस्तुत गरे पनि अझैसम्म स्टेज कार्यक्रम चाहिँ पाउन नसकेको ब्यान्डका भोकलिस्ट सलिन थापामगरले बताए । ‘हतारमा एल्कम निकाल्ने रहर छैन । संगीत मज्जाले बुझेर मात्रै एल्बम निकाल्ने हो,’ सलिनले भने । ब्यान्डका सदस्य संगीत विषय नै लिएर अध्ययन गरिरहेका छन् ।

 

Leave A Comment