सुध्रिँदै लरेन्स

आइतबार, ०२ असोज २०७३, ११ : ५४ शुक्रवार , Kathmandu
सुध्रिँदै लरेन्स

ओस्कर विजेता हलिउड अभिनेत्री जेनिफर लरेन्स अहिले सुध्रिने उपक्रममा छिन् । मदिरा र लागुऔषधको दुव्र्यसनमा फसेर अनेक समस्या भोग्न थालेपछि उनी अहिले क्रमशः सामान्य जीवनतिर फर्किरहेकी छिन् ।
‘अभिभावकको परामर्शमा जेनिफरले नशालु पदार्थको सेवन छोडेर त्यसको प्रभावबाट शरीरलाई मुक्त गर्ने काम गरिरहेकी छिन् । अहिले उनी समग्र शरीरलाई डिटक्सिफाई गर्न लागिपरेकी छिन्,’ समाचारमा भनिएको छ ।
खराब संगतका कारण आफू अम्मलमा फसेको महसुस उनलाई भएको छ । ‘त्यसैले उनी एक्लैजस्तो बस्न थालेकी छिन् । खास गरी आफूलाई अम्मलमा लगाउने सर्कलका मानिससँग कसै गरी पनि भेट नहोस् भन्नेमा उनी अहिले सचेत छिन्,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment