राखीमाथि कैँची

सोमबार, ०३ असोज २०७३, ०१ : ०२ शुक्रवार , Kathmandu
राखीमाथि कैँची

भारतको सेन्सर बोर्डले बलिउड नृत्यांगना राखी सावन्त अभिनीत फिल्म ‘एक कहानी जुली की’माथि कैँची चलाएको छ । फिल्मका केही संवाद आपत्तिजनक भएको भन्दै बोर्डले ती संवाद काटेको हो ।
बोर्डको कामबाट राखी रुष्ट छिन् । बोर्डको निर्णय अदालतबाट उल्टिने आशा समेत उनले गरेकी छिन् ।
‘फिल्म निर्माण युनिटले बोर्डको निर्णयप्रति आपत्ति जनाउँदै हाई कोर्टमा मुद्दा दायर गरेको छ । बद्नियतपूर्ण तरिकाले बोर्डका अधिकारीले फिल्मका केही संवाद हटाउन बाध्य पारेको अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ,’ समाचारमा भनिएको छ । फिल्म भड्किलो भएको भन्दै बोर्डले यसलाई ‘ए सर्टिफिकेट’ दिने निर्णयसमेत गरेको छ ।

Leave A Comment