स्वच्छन्दतालाई बल पुग्ने फैसला

बुधबार, ०५ असोज २०७३, ११ : ४१ शुक्रवार
स्वच्छन्दतालाई बल पुग्ने फैसला

इटालीको सर्वोच्च अदालतले गत साता सार्वजनिक ठाउँमा हस्तमैथुन गर्ने कार्यलाई देशको सीमाभित्र आइन्दा अपराध नमानिने फैसला गरेको छ ।
हस्तमैथुनप्रेमीले अब सार्वजनिक स्थानमा गएर सबैले देख्ने गरी हस्तमैथुन गर्न पाउने भएका छन् । तर, उमेर नपुगेका नाबालिगहरूका अगाडि भने यस्तो कार्य गर्न अदालतले अझै पनि प्रतिबन्ध लगाएको छ । उमेर पुगेका मानिस छन् भने उनीहरूका सामु हस्तमैथुन गर्न अब इटालीमा कानुन लाग्दैन ।
‘स्न २०१५ को मेमा ६९ वर्षका एक पुरुषले इटालीको एउटा विश्वविद्यालयअगाडि सबैले देख्ने गरी हस्तमैथुन गरेको भन्दै पक्राउ गरेर मुद्दा चलाइएको थियो । अदालतले उनलाई दोषी ठह¥याउँदै तीन महिना लामो कारावास सजाय र ३६ सय डलर जरिवाना तिराएको थियो,’ समाचारमा भनिएको छ ।
ती व्यक्तिका वकिलले फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वर्ष महिलाका अगाडि हस्तमैथुन गर्नु अपराध नहुने फैसला अदालतले गरेको थियो । सोही नजिरका आधारमा यसपालि त्यहाँको सर्वोच्च अदालतले सार्वजनिक ठाउँमा नाबालिगले नदेख्ने गरी हस्तमैथुन गर्न पाइने फैसला गरेको हो ।

 

Leave A Comment