रोमाका लागि २३ सिजन खेल्ने टोटी

बुधबार, ०५ असोज २०७३, ११ : ५६ शुक्रवार , Kathmandu
रोमाका लागि २३ सिजन खेल्ने टोटी

कुनै खेलाडी एउटै क्लबमा कति वर्षसम्म रहला ? १०, १२ वा १५ वर्ष । तर, इटालीका फ्रान्सिसको टोटी २३ वर्षदेखि एउटै क्लबमा छन । ३९ वर्षका टोटी गएको २३ सिजनदेखि सिरी ए क्लब रोमामा छन् । र, उनले २३ वटै सिजनमा गोल पनि गरेका छन् । यो सिजनमा गत आइतवार रोमासँगको खेलमा उनले इटालियन सिरी एअन्तर्गत आइतवार राति साम्पडोरियाविरुद्धको खेलमा अन्तिम समयमा गोल गर्दै रोमालाई ३–२ को जीत जिलाए । यो सिजन पहिलो खेल खेलेका टोटी सिरी एको लगातार २३ सिजनमा गोल गर्ने खेलाडी बनेका हुन् ।
टोटीले सिरी एमा अहिलेसम्म २ सय ४९ गोल गरेका छन् । उनले रोमाबाट अहिलेसम्म ७ सय ५९ खेल खेलेका छन् । सबै प्रतियोगितामा गरेर रोमाका लागि तीन सय पाँच गोल गरेका उनी क्लबका सर्वाधिक गोलकर्ता हुन् । उनले सिरी एको उपाधि भने एकपटक मात्र उचालेका छन् ।
सन् १९९८ देखि २००६ सम्म इटालीको राष्ट्रिय टिमबाट पनि खेलेका टोटीले राष्ट्रका लागि ५८ खेलमा नौ गोल गरेका छन् । सन् २००१ का विश्वका उत्कृष्ट फुटबलरको सूचीमा पाँचौँ स्थानमा रहेका उनी २००७ मा सातौँ स्थानमा थिए ।

 

Leave A Comment