सन्तानबारे बुलक

बुधबार, ०५ असोज २०७३, १२ : ०० शुक्रवार , Kathmandu
सन्तानबारे बुलक

हलिउड अभिनेत्री सन्ड्रा बुलकका दुई सन्तान छन् । आफ्ना बच्चा संसारमै सबैभन्दा बढी हल्ला गर्ने बालबालिका हुन्जस्तो उनलाई लाग्छ ।
‘उनीहरू एकदम होहल्ला गर्ने खालका छन्, कानै फुट्ने गरी चिच्याउँछन् । तर, पनि उनीहरू गजबका छन्, मायालु छन्,’ उनले भनिन् । उनीहरूजस्ता हल्ला गर्ने बच्चा संसारमै नपाइने उनले बताइन् । ‘तर, पनि मलाई उनीहरूसँग रहनु भव्य लाग्छ । उनीहरूको चर्को स्वर सुन्ने बानी परे पनि दुवै निदाएको बेला उनीहरूको वरिपरि छाएको शान्ति पनि मलाई उत्तिकै प्रिय लाग्छ,’ उनले भनिन् ।

Leave A Comment