जोली अब प्रोफेसर

सोमबार, २४ जेठ २०७३, ०२ : ०३ , Kathmandu
जोली अब प्रोफेसर


अभिनयबाहेक सामाजिक कार्यमा समेत सरिक हुँदै आएकी हलिउड अभिनेत्री एन्जेलिना जोली अब प्राध्यापन क्षेत्रमा पनि सरिक हुने भएकी छिन् । बेलायतको प्रतिष्ठित ‘लन्डन स्कुल अफ इकोनोमिक्स’ले उनलाई ‘भिजिटिङ प्रोफेसर’को पद अर्पण गर्दै विद्यार्थीलाई लेक्चर दिन गरेको आग्रह जोलीले स्वीकार गरेकी छिन् ।


आगामी शैक्षिक सत्रबाट लन्डन स्कुल अफ इकोनोमिक्समा हुने स्नातकोत्तरका कक्षाका लागि जोली ‘भिजिटिङ फ्याकल्टी मेम्बर’मा नियुक्त भएकी छिन् । उनले अभिनयबारे लेक्चर दिने छैनन् । सो विश्वविद्यालयको ‘कोर्स सेन्टर फर वुमेन, पिस एन्ड सिक्युरिटी’ले यी तीन विषयमाथि आधारित रहेर लेक्चर दिने गरी उनलाई फ्याकल्टी मेम्बर बनाएको हो ।


शरणार्थीहरूको भलाइका निम्ति काम गर्ने राष्ट्रसंघीय निकाय यूएनएचसीआरकी सद्भावना दूत भएर काम गरिसकेकी जोलीले महिला अधिकार, शान्ति, बालअधिकारका पक्षमा लामो समयदेखि काम गर्दै आएकी छिन् ।

 

 

 

Leave A Comment