छोडपत्रबारे जाना

बिहिबार, ०६ असोज २०७३, ०५ : ०० शुक्रवार , Kathmandu
छोडपत्रबारे जाना

पपगायिका जाना क्रामरले आफ्नो वैवाहिक जीवन असफल हुनुको कारण खोलेकी छिन् । गत महिना उनी अमेरिकी फुटबलर पति माइक कुसिनसँग अलग भएकी थिइन् । सम्बन्ध विच्छेद भएलगत्तै माइक सुधारगृहमा भर्ना भएको समाचार सार्वजनिक भएको थियो । दुवैजनाले किन सम्बन्ध विच्छेद भयो भन्ने बताएका थिएनन् । यस्तोमा जानाले इमानदारीको अभावले आफ्नो वैवाहिक जीवन समाप्त भएको खुलासा गरेकी छिन् ।
यद्यपि, आफू र पति माइकमध्ये कसले इमानदार बन्न नसकेका कारण अलग हुनुपर्ने अवस्था आएको हो भन्ने चाहिँ उनले खुलाइनन् । लस एन्जलसमा आयोजित एउटा सांगीतिक कन्सर्टमा जानाले सहभागिता जनाएपछि माइकसँग विवाद सुरु भएको र यही विवादले गर्दा उनीहरूको विवाह टुटेको बताइए पनि यसको वास्तविक कारण अझै खुलेको छैन । इमानदारी अभावले गर्दा सम्बन्ध टुटेको बताए पनि जानाले यसलाई थप व्याख्या भने गरिनन् ।  

 

Leave A Comment