गागालाई ‘अल्टिमेटम’

सोमबार, २४ जेठ २०७३, ०२ : ०९ शुक्रवार
गागालाई ‘अल्टिमेटम’


पपगायिका लेडी गागालाई उनका हुनेवाला श्रीमान् तथा अभिनेता टेलर किन्नेले अल्टिमेटम दिएका छन् । गागा र टेलरबीच बिहे हुने तय निकै अघि भइसकेको हो । तर, वर्षाैं बित्दा पनि उनीहरूले बिहे गरेका छैनन्  । बिहे गर्ने कुरामा गागा अझै निश्चिन्त नभइसकेकीले उनले अनेक बहाना गरेर बिहेको मिति पर धकेल्दै आएको चर्चा चल्ने गरेको छ । यस्तोमा टेलरले गागासमक्ष बिहेका लागि समयसीमा तोकिदिएका हुन् ।


‘टेलर अहिले चिन्तामा छन् । गागाको अनिर्णयले गर्दा आफ्नो जीवनसमेत गतिरोधको अवस्थामा रहेको भन्दै उनले गागासमक्ष बिहे गर्ने समयसीमा तोकिदिएका छन्,’ स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । यद्यपि, टेलरले कति लामो समयसीमा तोकेका छन् भन्ने समाचारमा उल्लेख छैन ।

 

Leave A Comment