ऐश्वर्याको अन्तरंग दृश्य

शुक्रबार, ०७ असोज २०७३, ०२ : ४८ शुक्रवार , Kathmandu
ऐश्वर्याको अन्तरंग दृश्य

लामो समयपछि बलिउड अभिनेत्री ऐश्वर्या राय सेक्सी अवतारमा देखापरेकी छिन् । अभिनेता रणवीर कपुरसँग काम गरेको फिल्म ‘ए दिल है मुश्किल’मा उनले अन्तरंग दृश्य दिएकी छिन् ।
फिल्म ‘धुम–२’ रिलिज भएपछि ऐश्वर्याले अभिषेक बच्चनसँग बिहे गरेकी थिइन् । बिहेपश्चात् उनले फिल्ममा उत्तेजक दृश्य र भड्किला पहिरन लगाउन बन्द गरेकी थिइन् । यतिसम्म कि बिहेपछि हलहरूमा चलिरहेको ‘धुम–२’बाट ऋत्विक रोशनसँग चुम्बन गर्दै गरेको भिडियो हटाउनसमेत उनले पहल गरेकी थिइन् ।
यसरी लामो अन्तरालपछि उनले ‘ए दिल है मुश्किल’मा इन्टिमेट सिन दिएकी हुन् । फिल्मको गीत गत साता रिलिज भएको छ ।  

 

Leave A Comment