कुकुरका कारण बिहे अस्वीकार

शनिबार, ०८ असोज २०७३, ११ : ३१ शुक्रवार , Kathmandu
कुकुरका कारण बिहे अस्वीकार

भारतीय शहर बेंगलुरुकी एकजना युवतीले घरमा पालेको कुकुरसँगको प्रेमका कारण बिहे गर्न अस्वीकार गरेकी छिन् । घरमा पालेको कुकुरलाई उनी औधी माया गर्छिन् । केही समयअघि एकजना युवकसँग उनको बिहे हुने तय भएको थियो । उनीहरूबीच घण्टौँ च्याट हुन्थ्यो । च्याटका क्रममा करिश्मा वालिया नाम गरेकी युवतीले घरमा पालेको कुकुरको आफूलाई साह्रै माया लाग्ने बताइन् । बिहेपछि कुकुरलाई माइतीमा त्यसै छोड्न  नसक्ने उल्लेख गरिन् । ती युवकले कुकुरसँगको मोह केही समयको कुरा भएको भन्दै करिश्मालाई बिहेपछि कुकुरलाई छोडेर परिवार र करिअरप्रति ध्यान दिनुपर्ने सुझाव दिए ।
कुकुरलाई छोड्ने कुरा युवकले गरेपछि क्रुद्ध भएकी करिश्माले कुकुरलाई नभई ती युवकलाई नौ छोड्ने बताइन् । युवकले पनि रिसाउँदै ‘उसो भए त्यही कुकुरसँग बिहे गर’ भने । यसरी उनीहरूको तय भइसकेको बिहे रोकियो ।
करिश्माले ती युवकसँग भएको च्याटको डिटेल आफ्नो वालमा सेयर गरेपछि उनको कुकुरमोह अहिले चर्चाको विषय बन्न पुगेको छ ।

Leave A Comment