सशंकित दीपिका

शनिबार, ०८ असोज २०७३, ०१ : २८ शुक्रवार , Kathmandu
सशंकित दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण प्रेमी रणवीर सिंहप्रति सचेत भएकी छिन् । आफ्नो चिरप्रतिद्वन्द्वीसँग रणवीरले हिमचिम बढाउन थालेपछि उनी सशंकित भएकी हुन् ।
रणवीर सिंहले हिमचिम बढाएका दीपिकाकी प्रतिद्वन्द्वी हुन्, कट्रिना कपुर । यसअघि रणवीर कपुर र दीपिकाबीच प्रेम थियो । तर, कट्रिनासँग रणवीर कपुरले सम्बन्ध बनाए । त्यसपछि दीपिका र कट्रिनाबीच पानी बाराबार सुरु भएको थियो ।
अहिले आएर कट्रिनाको नयाँ फिल्म ‘बार–बार देखो’को प्रमोसन गर्ने बहानामा रणवीर सिंहले कट्रिनालाई सघाएको र यस क्रममा उनीहरूबीच बढी हिमचिम भएपछि दीपिका प्रेमीसँग सतर्क र रुष्ट एकैपटक भएको समाचारमा जनाइएको छ ।

Leave A Comment