प्रिमेच्योर इजाकुलेसनले निम्याउँछ वीर्य स्खलन

शनिबार, ०८ असोज २०७३, ०१ : ४० डा. सुबोधकुमार पोखरेल , Kathmandu
प्रिमेच्योर इजाकुलेसनले निम्याउँछ वीर्य स्खलन

मेरो चाँडै वीर्य स्खलन हुन्छ । यस्तो किन हुन्छ ?
टी

यसलाई प्रिमेच्योर इजाकुलेसन भन्छन् । वास्तवमा पुरुषहरूमा यसरी छिटो स्खलन हुनु प्राकृतिक नियम नै हो भन्दा पनि हुन्छ । यो आदिम मानवको समयदेखिको कुरा हो । त्यसबेला आदिम मानवहरूलाई अहिलेको जस्तो ढिलो गरी स्खलन गर्ने समय हँुदैन थियो, किनभने त्यतिबेला हरेक पल जोखिमले भरिएको हुन्थ्यो । जंगली जीवजन्तुको डर, प्राकृतिक प्रकोप आदिका कारण उनीहरू छिट्टै नै स्खलित हुन चाहन्थे । अहिले चिकित्सा विज्ञानको अत्यधिक विकास भए पनि विश्वका धेरै पुरुष शीघ्र स्खलनको समस्याबाट पीडित छन् ।
स्खलनलाई ढिलो गर्ने तरिका छन् । यो मेहनत गरेर प्राप्त हुने गुण हो । यसका एकदुई विधि छन् । जस्तो, स्क्विज टेक्निक, केगल एक्सरसायजआदि । उसो त बजारमा शीघ्र स्खलन हुन नदिने स्प्रे तथा कन्डम पाइन्छन् । यस्ता कन्डममा ढिलो गरी स्खलन हुने औषधि मिसाइएका हुन्छन् । यस्ता कण्डमले पुरुषको मनोबल बढाउने काम गर्छन् । स्खलन ढिलो गर्ने औषधी पनि पाइन्छन् । तर, यस्ता औषधि प्रयोग गर्नुअघि चिकित्सकसँग राम्ररी सल्लाह गर्नुपर्छ । छिटो स्खलन हुनुको एउटामात्र उपचार विधि छैन । यसका लागि चिकित्सकसँग सल्लाह गरेर उपयुक्त उपाय अपनाउनुपर्छ ।

मैले अहिलेसम्म पत्रपत्रिकामा लेखिएजस्तो यौनमा चरम सुख पाउन सकेकी छैन । मलाई यौनसुख दिन नसकेकोमा श्रीमान् दुःखी हुुनुहुन्छ । सल्लाह पाऊँ ।
एन  

महिलामा हुनुपर्ने यौन चाहना तपाईंमा सामान्य नै देखिन्छ, तर संपर्क गर्दा चरमसुखमा मात्र समस्या देखिन्छ । थुप्रै महिलाले चरमसुख क्लिटोरिसलाई उत्तेजित गराउँदा मात्र पाउने गरेका छन् । प्रायः  महिला आफैँले क्लिटोरिसलाई उत्तेजित गराएर चरमसुख पाउन सक्छन् किनभने आफ्नो शरीरका बारेमा उनीहरूलाई मात्र थाहा हुन्छ । तर, तपाईंको सवालमा क्लिटोरिसलाई आफैँले उत्तेजित गर्दा पनि चरमसुख पाउन गाह्रो छ । तपाईंलाई सेक्सुअल अराउजल डिसअर्डर भएको हुनसक्छ । यो आफैँमा जटिल समस्या हो र यसका धेरै कारण छन् । त्यसकारण चिकित्सकसँग विस्तृत रूपमा छलफल गरेर समस्याबाट मुक्त हुनुहोस् । किनभने यस्तो अवस्था रहिरह्यो भने तपाईंको दाम्पत्य जीवन त्यति सुखद नहुने खतरा हुन्छ ।
म २९ वर्Èीय विवाहित पुरुÈ हु“ । मेरो लिंगको अगाडिको भागमा छुँदा एकदमै काउकुती लागेजस्तो हुन्छ । मैले यौन सम्पर्क सुरु गरेलगत्तै १०–१५ पटक लिंग योनी भित्र–बाहिर गर्नेबित्तिकै स्खलित हुन्छु । शीघ्र पतन हटाउने उपाय के होला ?
एस

पुरुषहरूमा पाइने साझा समस्या हो, शीघ्र पतन । यसलाई अंग्रेजीमा प्रिम्याचोर इजाकुलेसन भनिन्छ । यौन सम्पर्क गर्नुभन्दा पहिले वा लिंगलाई योनीमा घुसाउँदा १५ पटकभन्दा कम घर्षणमै वीर्य स्खलन हुने अवस्थालाई शीघ्र पतन भनिन्छ । यस्तो समस्या एक पटक नभोग्ने पुरुष कमै होलान् ।
शीघ्र पतन लामो समयसम्म रहिरह्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । समस्याको जटिलता हेरी सेक्सुअल थेरापी, औÈधि र साइकोथेरापीद्वारा यसको उपचार गरिन्छ । केही साधारण उपचार पनि छन् । यौन सम्पर्क गर्नुभन्दा एक घण्टाअघि हस्तमैथुन गरेर सम्पर्क गर्दा स्खलन ढिलो हुन सक्छ । अर्को उपाय भनेको ‘स्क्विज टेक्निक’ हो । यसमा स्खलन हुने बेला लिंगको टाउकोमा केही सेकेन्ड थिचिन्छ र केही क्षणपछि पुनः सम्पर्क सुचारु गरिन्छ ।
शीघ्र पतनका लागि केही औषधि पनि छन् तर तिनलाई चिकित्सकको निगरानीमा मात्रै लिनुपर्छ । लिंगमा स्प्रे गरेर पनि शीघ्र पतनलाई केही हदसम्म कम गर्न सकिन्छ ।
शीघ्र पतनको अवस्था र जटिलता हेरी यसको उपचार गरिन्छ । तपाईंले चिकित्सकसँग परामर्श गरी उपचार सुरु गर्नुपर्ने देखिन्छ ।


मेरो बिहे भएको दुई वर्ष भयो । श्रीमतीले परिवार नियोजनको जन्म नियन्त्रण चक्की लिँदै आइरहेकी छिन् । यस चक्कीले पछि रोगहरू निम्त्याउँछ भन्छन् । सत्य हो ?
पी   

परिवार नियोजनका चक्कीहरूले फाइदाका साथै बेफाइदा पनि गर्छन् । जस्तो, चक्की सेवन गर्नेलाई टाउको दुख्ने, स्तन दुख्ने, वाकवाक लाग्ने, पाठेघरबाट अनियमित रगत जाने, महिनावारी नहुने, तौल बढ्ने आदि समस्या हुनसक्छन् । पछि गएर रगत जम्ने रोग, मुटु, पित्तथैली, कलेजोका रोग , उच्च रक्तचाप आदि हुनसक्छन् । माइग्रेन, मधुमेहजस्ता रोग भएका महिलाले परिवार नियोजनका जन्म नियन्त्रण चक्की नलिनु राम्रो हुन्छ । ३५ वर्षभन्दा बढी उमेरका, धूमपान गर्ने र स्तनपान गराइरहेका महिलालाई पनि यो विधि उपयुक्त हुँदैन ।
तर, जन्म नियन्त्रण चक्कीका फाइदा पनि छन् । यसले अनावश्यक गर्भ रहनबाट त बचाउँछ नै, महिनावारीलाई नियमित र छोटो गराउँछ । त्यस्तै, यसले महिनावारीको बेला रगत जान र पेट दुख्न कम गराउँछ । यसले पाठेघर  र अंडाशयको क्यान्सरको खतराबाट पनि बचाउँछ ।
संसारमा फाइदामात्रै गर्ने कुनै चिज हुँदैन । हरेक चिजका फाइदा र बेफाइदा गर्छ । त्यस्तै जन्म नियन्त्रण चक्कीका पनि फाइदा र बेफाइदा दुवै छन् ।   

Leave A Comment