अलच्छिना टापू

आइतबार, ०९ असोज २०७३, १२ : ४६ शुक्रवार , Kathmandu
अलच्छिना टापू

इटालीको एउटा टापूलाई अलच्छिना टापूका रूपमा चिनिन्छ । किनकि, यो टापूलाई आफ्नो बनाउने हरेक मानिसको अकालमै मृत्यु हुने गरेको छ ।
उक्त अलच्छिना र रहस्यमय टापूको नाम हो– आइसोल ला गौओला आइल्यान्ड । टापूका स्वामीको अकालमै मृत्यु हुने कुरा सन् १९२० देखि मात्रै याद गर्न थालिएको हो । एकजना स्विस नागरिक ह्यान्स ब्राउनले सन् १९२० मा सो टापू खरिद गरेका थिए । खरिद गरेको केही दिनमै उनको रहस्यमय तरिकाले मृत्यु भएको थियो । उनको शव कार्पेटमा बेरिएको अवस्थामा फेला परेको थियो । त्यसको केही वर्षपछि जर्मनीका ओटो ग्रुनब्याक नाम गरेका व्यापारीले सो टापू खरिद गरे । खरिद गरेको केही समयपछि हृदयाघातका कारण उनको पनि मृत्यु भयो । त्यसपछि केही थान व्यक्तिमा सो टापूको स्वामित्व स्थानान्तरण भयो । ती सबै स्वामीले आत्महत्या गरे ।
युरोपेली अर्बपति पल गेटीले पनि सो टापू खरिद गरेका थिए । तर, खरिद गर्नासाथ उनको नातिको अपहरण भएपछि उनले हत्तपत्त टापू बिक्री गरिहाले । टापूका अन्तिम खरिदकर्ता अहिले जेलमा छन् । यसलाई इटालीमा श्रापित टापू मानिन्छ । त्यसैले वर्षौंदेखि यसलाई कसैले खरिद गरेको छैन ।   

 

Leave A Comment