एन्फाद्वारा खेलाडी सम्मानित

सोमबार, २४ जेठ २०७३, ०२ : १८ शुक्रवार
एन्फाद्वारा खेलाडी सम्मानित

अखिल नेपाल फुटबल  संघ (एन्फा)ले दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता र बंगबन्धु गोल्डकप विजेता खेलाडीलाई मंगलवार नगद पुरस्कारसहित सम्मान गरेको छ ।सोही अवसरमा १२ औँ साग खेलकुदमा रजत पदक जित्ने राष्ट्रिय महिला टोलीलाई पनि नगदबाट सम्मानित गरिएको छ ।हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई सम्मान गरेका थिए ।


बंगबन्धु टोलीमा हुनेले पाँच र सागमा हुनेले पाँच लाख गरी २० खेलाडीले जनही १० लाख रुपैयाँ पाएका छन् । बंगलादेशमा माघमा सम्पन्न बंगबन्धु गोल्डकपमा राष्ट्रिय टोलीमा २३ खेलाडी थिए भने फागुनमा भारतमा सम्पन्न १२ औँ सागमा २० खेलाडी थिए । रविन श्रेष्ठ, तेज तामाङ र जाङ्बु शेर्पा बंगबन्धु गोल्डकपमा मात्र थिए । उनीहरू तीनबाहेकले जनही १० लाख रुपैयाँ प्राप्त गरेका छन् । १० लाख पाउनेमा गोलकिपर विकेश कुथु, एलेन न्यौपाने र अमृत चौधरी, रक्षक आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन, दिनेश राजवंशी, मानबहादुर तामाङ र कमल श्रेष्ठ छन् । त्यस्तै विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, प्रकाश बुढाथोकी, अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, रञ्जन विष्ट, सुनील बल र सुमन लामा छन् । सागका मुख्य प्रशिक्षक राजुकाजी शाक्य, गोलकिपर प्रशिक्षक मृगेन्द्र मिश्र र फिजियो राजु दाहालले पनि समान पाँच लाख रुपैयाँ पाएका छन् ।


बंगबन्धुमा नेपाली टोलीको नेतृत्व गरेका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र गोलकिपर प्रशिक्षक उपेन्द्रमान सिंहले पनि समान पाँच लाख रुपैयाँ पाए ।
१२ औँ सागमा रजत पदक जित्ने महिला टोलीलाई भने एन्फाले जनही एक लाख रुपैयाँ मात्र दिएको छ । सम्मानित हुने खेलाडीमा अन्जली थुम्बा सुब्बा, लीला लाम्गादे, नमिताकुमारी दली, अनु लामा, निरु थापा, सजना राना, दीपा अधिकारी, लक्ष्मी पौडेल, कृष्ण खत्री, सावित्रा भण्डारी, मनमाया लिम्बु, अनिता बस्ने, घिमकुमारी गुरुङ, अमृता जैसी, दीपा राई, पुनम जर्घामगर, अन्जली वाइबा, भगवती थापा, हीराकुमारी भुजेल र सपना लामा छन् । धु्रव केसी मुख्य प्रशिक्षक रहेको टोलीमा उनका सहायकमा कुमार कटुवाल थिए ।

 

 

 

 

 

Leave A Comment