अजिंगरको पेटबाट निकालियो नीलगाई

सोमबार, १० असोज २०७३, १० : ५५ शुक्रवार , Kathmandu
अजिंगरको पेटबाट निकालियो नीलगाई

भारतीय राज्य राजस्थानको एउटा वन्यजन्तु आरक्षमा अजिंगरले
एउटा नीलगाईलाई सिंगै निलेको थियो । स्थानीयहरूको पहलमा अजिंगरको पेटबाट नीलगाईको उद्धार गरिएको छ ।
‘करिब १५ फिट लामो अजिंगरले नीलगाईको बच्चालाई सिंगै निल्दै गरेको एकजना गाउँलेले देखे । उनले हतारहतार गाउँ गएर सबैलाई यसबारे बताए । गाउँलेहरू एकजुट भएर घटनास्थलमा आए । उनीहरूले अजिंगरलाई नियन्त्रणमा लिए र त्यसलाई निचोर्दै पेटभित्रको नीलगाईलाई बाहिर निकाले,’ समाचारमा भनिएको छ ।
सर्पसम्बन्धी राम्रो जानकारी राख्ने चारजना व्यक्तिले यो काम गरेका थिए । ‘अजिंगरको मुखबाट नीलगाईको बाछोलाई बाहिर निकाल्न उनीहरू सफल त भए, तर उसको मृत्यु भइसकेको रहेछ,’ समाचारमा भनिएको छ । अजिंगरलाई सुरक्षित रूपमा जंगलमा छोडिएको समाचारमा जनाइएको छ ।  

 

Leave A Comment