शाहरुखसँग पुनः कट्रिना

सोमबार, १० असोज २०७३, ११ : ०८ शुक्रवार , Kathmandu
शाहरुखसँग पुनः कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफले अभिनेता शाहरुख खानसँग काम गर्ने मौका पुनः पाएकी छिन् । निर्देशक आनन्द रायले नयाँ फिल्म बनाउन लागेको र यसमा शाहरुखलाई लिने तय भएको समाचार यसअघि नै आएको थियो । तर, उनको जोडी बनाएर कसलाई काम गराउने भन्ने तय भएको थिएन । अहिले आएर शाहरुखको जोडी बनाएर कट्रिनालाई काम गराउने तय भएको हो ।  यसअघि कट्रिनाले शाहरुखसँग ‘जब तक है जान’मा सँगै काम गरेकी थिइन् ।
‘कट्रिनालाई लिनुअघि निर्देशक रायले कंगना रनोटलाई लिने सोचेका थिए । ‘तनु वेड्स मनु’मा कंगनाको कामबाट उनी प्र्रभावित भएका थिए । तर, कंगना अलिक हस्तक्षेपकारी भएको महसुस भएपछि उनी कट्रिनालाई लिने निर्णयमा पुगेका हुन्,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment