फुयाल सम्मानित

बिहिबार, १३ असोज २०७३, ०१ : १८ शुक्रवार , Kathmandu
फुयाल सम्मानित

डेढ दशकयता खेलकुद पत्रकारितामा योगदान पु¥याएको भन्दै एसियाली खेलकुद पत्रकार संघ (एआईपीएस एसिया) ले नागरिककर्मी अजय फुयाललाई गत साता सम्मान गरेको छ । एआईपीएस एसियाले सेप्टेम्बर २२ मा पहिलो पटक एसियाली खेलकुद पत्रकार दिवस मनाउने क्रममा फुयालसहित एसियाका अन्य खेल पत्रकारलाई सम्मान गरेको हो ।
तुर्कमेनिस्तानको राजधानी अस्गबातमा आयोजित विशेष कार्यक्रममा तुर्कमेनिस्तानका काउन्सिल अफ मिनिस्टरका उपाध्यक्ष सपारडुर्डे र एआईपीएस एसियाका अध्यक्ष मोहम्मद कसिमले संयुक्त रूपमा फुयाललाई स्वर्ण पदक र प्रशंसापत्रबाट सम्मानित गरेका थिए । नागरिक राष्ट्रिय दैनिकका खेलकुद ब्युरो प्रमुख रहेका ३९ वर्षे फुयाल नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष हुन् ।  
‘एआईपिएस एसियाले पहिलोपल्ट आयोजना गरेको अवार्ड कार्यक्रममै सम्मानित हँुदा गर्व लागेको छ । यो स्तरमा सम्मानित हुने सोचेकै थिइनँ । यस अवार्डले मेरो काममा थप उर्जा प्रदान गरेको छ,’ फुयालले सम्मानपछि भने, ‘हामीले अझै धेरै गर्न बाँकी छ । काममा सिक्ने क्रम कहिल्यै रोकिँदैन ।’
सोही कार्यक्रममा एसियाका चार खेल पत्रकारलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । फुयालसँगै एसियाका २१ खेलकुद पत्रकार स्वर्ण पदकबाट सम्मानित भएका हुन् ।

 

Leave A Comment