सडकमै ‘टपलेस’

शुक्रबार, १४ असोज २०७३, ०९ : ३३ शुक्रवार , Kathmandu
सडकमै ‘टपलेस’

अमेरिकी शहर न्युयोर्कको व्यस्त सडकमा एउटी मोडल टपलेस भएर हिँडिन् । यसरी दिनदहाडै छाती खुल्ला पारेर किन हिँडेको ? भनी अरूहरूले सोध्दा उनले भनिन्, ‘लैंगिक समानताका लागि ।’
महिला अधिकारका पक्षमा यस खालको गतिविधि गर्ने मोडल हुन्, २३ वर्षीया इमली ब्लुम । ‘फ्री द निप्पल’ नामक अभियानलाई टेवा पुग्ने गरी उनले त्यसरी स्तन देखाएर सडकमा आफूलाई उतारेकी थिइन् । यस अभियानले नारी र पुरुषलाई समान अधिकार र स्वतन्त्रता दिनुपर्छ भन्ने माग राख्दै आएको छ ।
‘स्तन पूरै देखाएर न्युयोर्कको सडकमा हिँड्ने, पिज्जा पसलमा गएर पिज्जा अर्डर गरी खाने र सडकमा कुद्नेसम्मका काम उनले गरिन् । उनको यस्तो गतिविधि देखेर बटुवा र गाडी चालकहरू चकित थिए,’ समाचारमा भनिएको छ । नग्न महिलाहरूको तस्बिर खिच्नमा विशेषज्ञता हासिल गरेका नर्वेका फोटोग्राफर पिटर हेग्रेले ती मोडललाई पछ्याउँदै उनका गतिविधि क्यामरामा कैद गरेका थिए ।

 

Leave A Comment