प्रियंका सम्मानित हुने

शुक्रबार, १४ असोज २०७३, ०९ : ५४ शुक्रवार , Kathmandu
प्रियंका सम्मानित हुने

बलिउड अभिनेत्री प्रियंका चोपडालाई अर्को खुशीको खबर आएको छ । टेलिफिल्मबाट सबैभन्दा बढी पैसा कमाउने भारतीय अभिनेत्रीका रूपमा फोब्र्स म्यागजिनले उनलाई हालसालै मान्यता दिएको थियो । त्यसअघि नै उनी सबैभन्दा बढी कमाउने भारतीय अभिनेत्रीमा दरिसकेकी थिइन् । यस्तोमा उनलाई एउटा अन्तर्राष्ट्रिय म्यागजिनले अवार्ड दिने भएपछि उनको खुशी थपिएको छ ।
प्रियंकालाई आगामी अक्टोबरमा इनस्टाइल म्यागजिनले अवार्ड दिन लागेको हो । उनीसँगै हलिउड अभिनेत्री निकोल किडम्यान र डिजाइनर टम फोर्डलाई पनि म्यागजिनले अवार्ड दिने तय भएको बताइएको छ ।

Leave A Comment