जसले ६० केजी वजन घटाइन्

शनिबार, १५ असोज २०७३, ०९ : १० शुक्रवार , Kathmandu
जसले ६० केजी वजन घटाइन्

मोटाएर थसुल्लो पल्टिएका महिलाबारे समाचार बारम्बार आउने गर्छ । तर, अस्टे«लियामा एउटी यस्ती महिला पनि छिन्, जसले ६० केजी वजन घटाएर आफूलाई छरितो बनाएकी छिन् ।
नटाली बुर्तिना नाम गरेकी महिलाको वजन कुनै बेला १ सय ३५ केजी थियो । बढी वजन भएकोले हिँडडुल गर्न अप्ठेरो त हुन्थ्यो नै,  साथीसंगीसँग रहँदा आत्मविश्वासको पनि कमी हुन्थ्यो । तर, मेहनत गरेर नटालीले ६० केजी वजन घटाएकी छिन् ।
कसरी यत्रो वजन घटाउनुभयो भनी प्रश्न गर्दा उनले भनिन््, ‘हिँडेर र पानी पिएर ।’
गर्भवती भएपछि उनको वजन एकाएक बढेको थियो । त्यसरी बढेको वजन कसै गर्दा पनि घटेन । ‘त्यसपछि मैले संकल्प गरेँ, कसै गरी पनि वजन घटाउँछु भनेर । अनि मैले दिनहुँ कम्तीमा दुई किलोमिटर हिँड्न सुरु गरेँ । साथै, स्वास्थ्यकर खाना खान थालेँ र बढीभन्दा बढी पानी पिउन थालेँ । यही दिनचर्यालाई दिनहुँ अभ्यास गरेपछि आज यसरी छरिती भएँ ।’ खानपिनमा चरम लापरवाही र शारीरिक श्रमको कमीले गर्दा आफू हिजोका दिनमा त्यसरी मोटी भएको समेत उनले बताइन् ।

Leave A Comment