राजधानी र प्रमुख शहरहरूमा स्लिम बनाइदिने ग्यारेन्टी दिएर खुलेका छन्, असंख्य स्लिम सेन्टरहरू, जहाँ करिना कपुरको जस्तो ज्यान बनाउन चाहने युवतीहरू धाइरहेका छन् ।
हाँस्नु स्वास्थ्यका लागि निःसन्देह फाइदाजनक छ । तर, कसैका कमजोरी, त्रुटि, अपूर्णतामाथि हाँस्नु जायज हो र ? कुनै खास वर्ग वा समुदाय वा क्षेत्रका मान्छेहरूको मजाक उडाएर हाँस्नुमा के आनन्द, के मनोरञ्जन ?
हरेक क्षेत्रमा गुण्डाहरूको सक्रियता, प्रभाव र पहुँच आजको नेपालको दुःखद यथार्थ हो । उनीहरूले पाइआएको राजनीतिक संरक्षण अझ डरलाग्दो छ । सर्वसाधारण उनीहरूबाट हैरान र त्रस्त छन् । पहिलेपहिले प्रहरी र गुण्डाको सुनियोजित जस्तो देखिने लुकामारी थियो– पक्रिने र कमजोर मुद्दा लगाएर छोडिदिने । तर, पछिल्लो समय ...
चिकित्सा, इन्जिनियरिङ, उड्डयनलगायत पेशामा आबद्ध व्यक्तिहरूको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा प्रहरीले उनीहरूलाई धमाधम पक्राउ गर्न थालेपछि नेपाली समाज झस्किएको छ ।
असार १५ को दिन बुधबार कृषिमन्त्री हरिवल गजुरेलले गमलामा धान रोपाइँ गरे पनि मुलुकभरिका किसानले खेतमै धान रोपाइँ गरेका छन्। हिमाल, पहाड, तराई सबै भेग किसानले असार १५ मा धान रोपाइँ गरेका छन्। ‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ सरकारले पनि धान दिवस मनाएको छ।
यस वर्षको एसएलसी नतिजाको सबैभन्दा सुन्दर पक्ष रह्यो– कसैले फेल हुनुपरेन र हतास तथा हीन मनोदशाको शिकार हुनुपरेन । सबै विद्यार्थी भाइबहिनीलाई शुक्रवार साप्ताहिकका तर्फबाट बधाइ छ । अब तपाईंहरूको अर्काे शैक्षिक तथा प्राज्ञिक यात्रा सुरु भयो । तपाईंहरूको मेहनत, उत्साह र ऊर्जाले यो देशको भविष्य निर्धारण गर्नेछ ।
पुरुषका रूपमा जन्मेको कोही आफूलाई मनैदेखि महिला ठान्छ भने उसलाई के भन्ने ? उसले खोजेको लैंगिक पहिचान उसले पाउने कि नपाउने ? त्यसअनुसार जीवनयापन गर्ने स्वतन्त्रता पाउने कि नपाउने ? नेपाली समाजमा यस विषय र लैंगिक अल्पसंख्यकका मामिलामा त्यति धेरै बहस चलेको छैन । तेस्रोलिंगीका हकअधिकारबारे धेरथोर कुरा भने उठ्न थालेका छन् ।
राजधानीमा रहेका थुप्रै खाजाघर, मसाज पार्लर, स्पा, डान्सबार, दोहोरी रेस्टुरेन्टमा हजारौँ किशोरी र बालबालिका काम गर्छन् । खानपिन, रमाइलो र मनोरञ्जन चाहनेलाई उनीहरू सेवा पु¥याइरहेका छन् । उनीहरूको श्रमदेखि यौन शोषणसम्म भइरहेको छ । आन्तरिक बेचबिखन तथा ओसारपसार मौलाएको डरलाग्दो तस्बिर एकातिर छ भने अर्कातिर भूकम्पप्रभावित जिल्लाका गरिब बालिका तथा किशोरीहरू राजधानीको रात्रिकालीन मनोरञ्जन व्यवसायमा जोखिमपूर्ण अवस्थामा काम गर्न ओइरिएका छन् । अम्मर जिसीको रिपोर्ट ।
‘हामीलाई दिनको सात जना मात्र क्लाइन्ट पठाइदिनुस् । हामी तपार्इंलाई महिनाको दुई लाख कमिसन दिन्छौँ ।’
एकजना नाम चलेका ज्योतिषलाई काठमाडौँ, न्युरोडस्थित विशाल बजारको पसल नम्बर ११७ मा रहेको मनोकामना रुद्राक्षबाट आएको प्रस्ताव हो यो । ती ज्योतिषलाई आफूकहाँ आउने ग्राहकलाई ‘त्यहाँ ओरिजिनल रत्न–पत्थर पाइन्छ’ भन्दै सिफारिस गरिदिन मनोकामनाका साहूजीले प्रस्ताव गरेका रहेछन् ।