सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् ।
सर्वप्रथम एसइई परीक्षामा विभिन्न जिपिए ग्रेड ल्याएर उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ! यस उपलब्धिको क्षणमा परिवार, साथीभाइ तथा आफन्तसँग खुसियाली साटासाट नहुने कुरै भएन। कतिपयले त पार्टी पनि आयोजना गर्नुभयो होला।
कपाल सुन्दर तथा आकर्षक बनाउन रंग्याउने प्रचलन बढ्दो छ। तर चिकित्सकका अनुसार कपाल रंग्याउँदा स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन त सक्छ नै ज्यानै जाने जोखिम समेत हुन्छ।
ढाड र कम्मरमा फरक छ। गर्धनभन्दा तल मेरुदण्डको अन्तिमसम्मको भाग ढाड हो। कम्मरको व्यायामको बारेमा यसअघि नै चर्चा गरियो। अब चर्चा गरौँ ढाडको व्यायामको बारेमा।
ठाकठुक पर्नु प्रेमको एक रुप पनि हो । जोडीबीच हुने ठाकठुकले प्रेम पनि बढाउँछ । तर केही विषयमा गम्भीर नबन्दा ठाकठुकले गम्भीर रुप लिएर बिछोडसम्म पुर्याउन पनि सक्छ ।
प्रारम्भमा तौल घटाउन निकै मुस्किल भयो । सुत्केरीको जोखिमपूर्ण समय पार गरेपछि उनले दैनिक ४ घण्टा व्यायामशालामा बिताइन् । सो समयमा उनी सय मिनेट कार्डियोको एक्सरसाइज गर्थिन् । बिहान उनी स्ट्रेन्थको तालिम गर्थिन् भने बेलुका पालिमेट्रिक एक्सरसाइज । दैनिक एक घण्टा हिँड्दासमेत तौल नियन्त्रणमा सघाउँछ ।
अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् । दाह्री, जुँगा काट्नु, मुहार सफा पानीले धुनु र कपाल नुहाउनु नै स्याहारका लागि पर्याप्त रहेको ठान्नु गलत हो ।
सम्बन्ध तोड्न झैँ जोड्न सहज हुन्न । पार्टनरसँगको असझदारीमा सम्बन्ध तोड्ने विचार गर्दै हुनुहुन्छ भने निर्णय लिनुभन्दा अगाडि आफैसँग केही प्रश्न गर्नु उत्तम हुन्छ । यस्तो अवस्थामा आफैँसँग गरिने प्रश्नको अधिकांश उत्तर हो मा आयो भने ब्रेकअप गर्नु राम्रो, हैनमा आयो भने सम्बन्ध सुधार्ने बाटो अझै बाँकी छ भन्ने देखाउँछ । ब्रेकअपको निर्णय अगाडि आफैँसँग गर्न सकिने केही प्रश्न
चिसो मौसममा तातो घाम त बरदान समान भइहाल्यो । तर यही घामले तपाइ हाम्रो छालालाई भने नकारात्मक असर पारिरहेको हुन्छ नै । त्यसबाट जोगिने उपाय सनस्क्रिन नै हो ।
केही व्यक्तिमा एक्सरसाइज गरेलगत्तै कोल्ड ड्रिक्स या सोडा पिउने बानी हुनसक्छ । थाकेको बेलामा यसले प्यास मेटाउन सघाएझैँ पनि लाग्न सक्छ । तर अमेरिकी जर्नल अफ साइकोलोजी रेगुलेटरीमा छापिएको एक सोधका अनुसार यस्तो बानी किड्नीका लागि खतरनाक देखिएको छ ।
बालबालिकालाई उनीहरुले बुझ्ने भाषामा छुवाईबारे जानकारी दिने । आमाबाबुले गर्ने कुन व्यवहार ठीक हो, त्यही व्यवहार अपरिचित या सामान्य चिनजानका व्यक्तिले गर्दा कसरी खराब हो भनेर सम्झाउने ।
अरूको निन्दा गर्न, अरुबारे नकारात्मक टिप्पणी र सोच अनि विगतको समीक्षा सम्झिँदै मनलाई खिन्न बनाएर ऊर्जा नष्ट नगरौं । अरूको जीवनसँग तुलना गर्दै निरास हुने बानी छ भने त्यागौं ।
उसी भैलीका टोलीहरु सेल रोटीको बास्ना सुंघ्दै र ‘झिलिमिली झिल्का, तातो रोटी मिल्का’ गाउँदै घरदैलो चाहार्ने अनि घरबेटीले पनि नाङ्लाभरि तातो सेल रोटी र दक्षिणा दिने चलनले तिहारमा रौनक थप्ने गर्दछ । यसरी तिहारमा सबैको घरघरमा पाक्ने सेल रोटी कसरी पकाइन्छ त ? गृहणी लक्ष्मी सापकोटाको टिप्स ।
आफू बस्ने घर सुन्दर होस् भन्ने कसलाई नलाग्ला र । त्यसमा पनि मोहक फूलले ढाकिएको घर भए अझै राम्रो । तर सहरी क्षेत्रमा खुल्ला जमिनको अभावमा घरमा फूलको वासना लिन सकस नै हुन्छ । यसको अपाउ भने नभएको हैन ।
हिजोआज झन् कपालमा विभिन्न कलर लगाउने, घुम्राउने, सोझो बनाउने अनेक तरिका अपनाइन्छन् । गर्मीमा कपाल छिटो फोहोर हुन्छ । कपालको स्याहार गर्ने तरिका यस्ता छन् ।
१० ग्राम सिस्नोको धुलोलाई करिब दुई सय मिलिलिटर तातोपानीमा रातभरि भिजाएर भोलिपल्ट बिहान खालि पेटमा खाँदा फाइदा पुर्याउँछ । सिस्नोमा ‘ए’, ‘सी’ र ‘डी’ भिटामिनसँगै पोटासियम र क्याल्सियमजस्ता पौष्टिक तत्व पाइन्छ । यसमा करिब २५ प्रतिशत प्रोटिन हुन्छ । यसमा आइरनसमेत पाइन्छ ।
अर्जेन्टिनाको प्रहरी गोदामबाट आधा टनभन्दा बढी गाँजा हराएको छ । ड्युटीमा रहेका प्रहरीले भने ती गाँजा मुसाले खाएको दाबी गरेको छ । ५ सय ४० किलो गाँजा मुसाले खाएको दाबी गर्ने प्रहरीलाई जागिरबाट हटाइएको छ । अर्जेन्टिनाको उत्तरी सहर पिलरमा भएको घटनापछि सो नगरका पूर्व कमिस्नरसहित ८ प्रहरी पक्राउ परेका छन् ।
आफ्नो इच्छाअनुसारको काम गरियो भने त्यो कामबाट कहिल्यै दिक्क भइँदैन । आफ्नो इच्छा के मा छ, के गर्दा ठिक हुन्छ, के मा आफ्नो दक्षता छ, त्यसैमा काम गर्नु राम्रो हुन्छ ।