ज्ञान केमा पाइन्छ भनेर कसैले सोध्यो भने सायद उत्तरमा आउला, किताबमा। मेरो अनुभवले भन्छ– ज्ञान तीन किसिमले पाइन्छ। मैले गौतम बुद्धको जस्तो ध्यानबाट प्राप्त हुने तत्वबोधी ज्ञानको कुरा गरिरहेको छैन। मेरो किसिमको ज्ञान पहिलो– किताब पढेर, दोस्रो– संगत गरेर अनि तेस्रो– यात्रा गरेर पाउने अनुभव छ।
केही महिनादेखि किताबमा कर लगाइएयता पुस्तकको व्यापार सुस्त भइरहेका बेला कोरोनाको त्रासले अझ ठूलो समस्या थपिएको छ। पुस्तक व्यापारको लाइफलाइन मानिने फुटपाथको व्यापार यतिबेला यति सुस्ताएको छ कि पुस्तक व्यापारीहरु नै पलायन हुने अवस्था आएको छ।
‘ऐना’ उपन्यासको लागि मदनपुरस्कार प्राप्त साहित्यकार रामलाल जोशीको अगुवाईमा फागुन १४ देखि सात दिनसम्म सुदूरपश्चिम विश्व साहित्य महोत्सव आयोजना भयो। कार्यक्रममा तीन सयभन्दा बढी लेखक र ५२ वटा सत्रमा छलफल भए।
आर्थिक वर्ष २०७६/०७७ सरकारले विदेशबाट छपाई भएर आउने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय ग-यो। पुस्तक आयातमा भन्सार महसुल लगाइएको भन्दै सरकारको तीव्र आलोचना भयो।
करिब पाँच वर्ष टेलिभिजनका लागि कार्यक्रम प्रस्तोतासमेत रहेकी उनी विभिन्न मिडियामा महिला तथा स्वास्थ्य, राज्यको नीतिनिर्माणमा उठेका सवालप्रति टिप्पणी गर्नेदेखि पुस्तक तथा फिल्म समीक्षासम्म गर्न भ्याएकी छन्।
दोस्रोपटक पढ्दा म मानसिक तथा शारीरिक रुपमा ‘सुम्निमा’ आत्मसात गर्ने स्तरमा पुगेथेँ सायद। सुम्निमा एउटा लोग्नेमान्छे र स्वास्नीमान्छे बीचको सपाट प्रेमकथा मात्र होइन।
बेसी सम्झनाको सवाल प्रेमको बाटोमा दौडिएको देखिन्छ। मौनता देखियोस् तर मुस्कानको राज होस्, चञ्चलाता रहोस् तर गम्भिरता कायम रहोस, यही बीचबाट दुई ढुकढुकीबीच संवाद स्थापित होस्। यहीँनेर प्रेमको मिठो अनुराग प्राप्त हुन्छ।
नेपाली गजलको आफ्नै निश्चित नियम नतोकिएको कारण बाहिरी गजलका नियम अनुसार नै नेपाली गजलहरु लेखिएका छन्। मोतीराम भट्टबाट सुरु भएको गजलको इतिहास आज एक सय तीस वर्ष कटिसक्दा पनि उही बाहिरी प्रभावमा नै अल्झिरहेको चिन्ता महोत्सवमा व्यक्त गरिएको थियो।
भारतबाट आयात गरिने पुस्तकमा न्यून विजकीकरण गरेर एक कन्टेनर ल्याइँदै गरेको सूचना पुस्तक व्यवसायीहरुले नै दिएपछि राजश्व अनुसन्धान विभाग, पथलैयाले गएको पुस १५ मा पुस्तकसहित कन्टेनर नियन्त्रणमा लिएको थियो ।
व्यवसायीहरुले न्यून विजकीकरणमा बदमासी भएको स्वीकार गर्दै पूरै रकम तिर्न सहमत भएपछि नियन्त्रणमा लिइएको एक महिनापछि पुस्तकका कन्टेनरलाई मुक्त गरिने भएको छ ।
फिल्मी लेखन हुँदै पुस्तक लेखनमा प्रवेश गरेका ब्रजेश खनाल बाल पुस्तक लेखनमा प्रवेश गरे ‘सुरुङको बाटो’मार्फत। करोडपति, नेपालीबाबु, बादलपारि, गोठालो, मोहनी, ‘नाता’ लगायतका दर्जनौँ फिल्म तथा टेलिफिल्म लेखेका उनले ‘यायावर’, ‘जुनेली’ र ‘साइड हिरो’ पुस्तक प्रकाशित गरेका थिए।
२६ अक्टोबर १९५० मा तत्कालीन प्रधानमन्त्री श्री ३ मोहन शमशेर जबराको निमन्त्रणामा टोनी हागनको नेतृत्वमा वाल्टर कस्टर, इमिल रोच, अल डे स्पिन्डलर नेपाल आएपछि भूगर्भको अध्ययन शुरु भएको देखिन्छ।
राजा महेन्द्रले २०१७ पुस १ मा बिपी कोइरालाको नेतृत्व सरकारलाई अपदस्थ गरेर पञ्चायती व्यवस्थाको प्रारम्भ गरे। प्रजातान्त्रिक व्यवस्था फर्काउन ३० वर्षसम्म राजनीतिक दल र दरबारबीच द्वन्द्व चलिरह्यो।
कुनै बेला नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय गोष्ठीलाई नै साहित्य महोत्सव मानिन्थ्यो। आजभोलि त्यस्ता साहित्य गोष्ठी र महोत्सव हुँदैनन्, ‘लिटरेचर फेस्टिभल’ हुन्छन्।
नेपाली साहित्यमा अनुवादको अवस्था राम्रो छैन। गुणात्मक अनुवादको त कुरै नगरौँ, संख्यात्मक रूपमा पनि हामी निकै नै कमजोर छौँ। विश्व साहित्यका उत्कृष्ट कृतिहरू नेपाली भाषामा अनुवाद गरी उपलब्ध गराउन सकिएको छैन।