जब मारिया सारापोभाले संन्यासको घोषणा गरिन्, खेलकुद इतिहासकै एक विश्वसनीय स्टारको खेल गतिविधिमा पूर्णविराम लाग्यो। उनले टेनिस खेलमा एक आइकनको रूपमा विश्व खेलकुदलाई उचाईमा पु-याइन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न आफ्ना भवनहरू अस्थायी क्वारेन्टाइन बनाउन दिने भएको छ। आइतबार एन्फाले विज्ञप्ति जारी गर्दै आवश्यक परेमा आफ्ना भौतिक संरचना अस्थायी क्वारेन्टाइन र आइसोलेसनका लागि प्रदान गर्ने जनाएको छ।
विश्वमा अधिकांश खेलाडी त्रास, तनाव र आर्थिक पक्षका कारण यति बेला समस्यामा छन् भने केही देशमा भने खेलकुद फर्किएकाले ठूलो राहत नै मिलेको छ। कोरोना भाइरसका कारण विश्व महामारीको चपेटामा पर्दा खेलेर जीविका चलाउँदै आएका खेलाडीमा यसको असर पर्नु स्वाभाविकै हो।
दोस्रो संस्करणको एनसिसिएस सिप्यान क्रिकेट अवार्ड चैत तेस्रो साता हुने भएको छ। आयोजक क्रिकेट खेल संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलमा आबद्ध खेलाडीलाई चैत २१ गते अवार्ड प्रदान गर्ने घोषणा गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ।
बाँसबारी क्लबले नयाँ प्रायोजक पाएसँगै नयाँ जर्सी पनि सार्वजनिक गरेको छ। फागुन १२ गतेबाट सञ्चालन हुने सहिद स्मारक ‘बी’ डिभिजन लिगमा भाग लिनका लागि प्रायोजक फेला परेसँगै उसले जर्सी पनि सार्वजनिक गरेको हो।
नेपालमै आयोजना हुने आइसिसी विश्व क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा हुँदा कमलसिंह ऐरीले यो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ। क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ४१ वर्षीय ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानासहित नौ जनाको मृत्यु भएको हो।
भारतीय खेलाडी ३३ वर्षीया सानिया मिर्जा बिहे गरेपछि मैदानबाट गायब भएकी थिइन्। गएको साता भएको होबार्ट इन्टरनेनसलमा महिला डबल्स उपाधि जितेपछि भने पुनः चम्किएकी छन्।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको प्रतियोगितामा च्यासलका लागि दुवै गोल गरे सन्तोष साहुखलले। यी दुवै गोल उनको फुटबल करिअरका लागि महत्वपूर्ण थिए।