होन्डाले विपुलको ‘माया’ निःशुल्क उपलब्ध गराउने

आइतबार, ०५ असार २०७३, ०६ : ३३ शुक्रवार , Kathmandu
होन्डाले विपुलको ‘माया’ निःशुल्क उपलब्ध गराउने

काठमाडौं – नेपालमा होन्डा मोटरसाईकल र स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्गले गायक विपुल क्षेत्रीको नयाँ एल्बम ‘माया’ निःशुल्क उपलब्ध भएको छ। शुक्रबारबाट निःशुल्क डाउनलोड गर्न मिल्ने गायक विपुलको ‘माया’मा आठबाट गीतहरु समेटिएको छ।
निःशुल्क डाउनलोडबाहेक होन्डाले ‘विपुल क्षेत्री कभर संग कन्टेस्ट’ समेत सुरु गरेको छ। यसअन्तर्गत सहभागिले गायक विपुलको एक गीत गाएर कन्टेस्ट च्यानलमाअपलोड गरेर प्रतियोगितामा भाग लिनसक्नेछन्। विजेताले एक लाखसहित गायक विपुलसँग भेट्न अवसर पाउनेछन्।
‘विगत दुईवर्षदेखि ‘माया’ एल्बमको तयारीमा जुटेको थिए। यसै एल्बममा समेटिएको ‘सिन्डिकेट’ गतवर्ष रिलिज गरेका थियौ। पाइरेसीको कारण गीत वितरणमा समस्या भइरहेको बेला होन्डासँग सहकार्य गरेर काम गर्न पाउँदा खुसी लागेको छ,’गायक विपुलले भने।
 

Leave A Comment