‘खान छोड्छु, गाउन छोड्दिनँ’

बुधबार, ०८ असार २०७३, १२ : ०२ शुक्रवार , Kathmandu
‘खान छोड्छु, गाउन छोड्दिनँ’

गंगा  पुन, लोकदोहोरी गायक

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
‘गाउँले पाराको’ भन्ने दोहोरी गीत असार पहिलो हप्ता रिलिज गर्ने तयारीमा छु ।
अहिलेसम्म कति गीत गाउनुभयो ?
एक दर्जनजति गीत गाइसकेँ । लोकदोहोरी नै बढी गाउँछु ।
गायनमा ब्रेक कसरी पाउनुभयो ?
दीवान किनारले लेख्नु भएको ‘यो आँसुको बदला लिनु छ’ भन्ने लोकदोहोरी गीतबाट मैले यस क्षेत्रमा प्रवेश गरेँ । २०६५ सालमा त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियो, अनामनगरमा यो गीत रेकर्ड भएको थियो ।
पहिलो गीत रेकर्डिङको अनुभव ?
एउटा सोच बनाएर स्टुडियोमा गीत गाउन गाएको थिएँ । तर, त्यहाँ ठीक विपरीत हुने रहेछ । गाउँदा अलि नर्भस पनि भइयो । हल्का लाज पनि लाग्यो । डराइडराइ भए पनि पहिलो टेकमै रेर्कडिङ सकियो ।
संगीत सिक्नु भएको छ ?
केही समय सिकेको छु । बागबजारमा श्रुतिसंगीत पाठशालामा दुई वर्ष जति सिकेँ । आठ वर्षयता विभिन्न दोहोरी साँझमा गाइरहेको छु । दोहोरी साँझमा गाउँदा पनि धेरै सिकियो ।
गाउने प्रेरणा कसरी जाग्यो ?
सानैदेखि स्कुलमा गाउँथेँ । कक्षा नौमा पढ्दा विश्व वातावरण दिवसको अवसरमा भएको लोकगीत प्रतियोगितामा प्रथम भएँ । त्यहाँ गाउँदा विद्यालयका गुरुहरूले गायनमा तिमी राम्रो गर्न सक्छौ भन्नुभयो । त्यसपछि गायनमै लाग्नुपर्छ भन्ने भयो ।
घरपरिवारबाट सहयोग कत्तिको पाइयो ?
बुबा लाहुरे हुनुहुन्थ्यो । मलाई पनि लाहुरे बन्नुपर्छ भन्नुहुन्थ्यो । मैलै उहाँको कुरा नसुनेर गीत गाउन थालँे । बुबाले छोरो बिग्रियो भन्नुहुन्थ्यो । एक÷दुइटा एल्बम निकालेर गाउँको सांस्कृतिक कार्यक्रममा गाएको देखेपछि उहाँ अहिले चाहिँ खुशी हुनुहुन्छ ।
गाएर मात्रै बाँच्न सकिन्छ त ?
अहिलेसम्म गाएरै बाँचेको छु । बाँच्ने एउटै आधार स्टेज कार्यक्रम हो । स्टेज कार्यक्रमको लागि देशका धेरै ठाँउमा गएको छु । दोहोरी साँझमा गाउँदा पनि आर्थिक सहयोग भएको छ ।
संघर्ष कत्तिको गर्नुप¥यो ?
संघर्ष त धेरै गरियो । तर, जति दुःख परे पनि हारिनँ । म गाउन सक्छु भन्ने विश्वास थियो । खान छोड्छु तर गाउन छोड्दिनँ भन्ने थियो ।
तपाईंका लागि संगीत के हो ?
संगीत मेरो जीवनसाथीजस्तै हो । सपनामा पनि गाएकै देख्छु ।
 
प्रस्तुतिः रामकुमार

 

 

 

Leave A Comment