कतार जानेलाई टिप्स

शुक्रबार, ०८ पुष २०७३, ११ : ३० शुक्रवार , Kathmandu
कतार जानेलाई टिप्स

–कतार इस्लामिक मुलुक हो । त्यहाँ ७७ प्रतिशतले इस्लाम धर्म मान्छन् ।
–कतारको हावापानी गर्मी हुन्छ । अधिकतम तापक्रम ४८ डिग्री सेल्सियससम्म हुन्छ ।
–कतारको मुख्य आम्दानी कच्चा तेल उत्पादन र पेट्रोलियम पदार्थ हो । साथै, कतारले ग्यास, एमोनिया र सिमेन्ट पनि निर्यात गर्छ ।
–त्यहाँ फलफूल, तरकारी उत्पादन गरिन्छ भने माछा, कुखुरापालन पनि राम्रो हुन्छ ।
–सडकमा गाडीको गति अत्यधिक हुन्छ । त्यसैले सडक पार गर्दा ट्राफिक बत्तीको छेउमा रहेको जेब्रा क्रसिङ तथा आकाशे पुलबाट मात्र बाटो काट्नु पर्छ । नेपालमा गाडीको स्टेरिङ दायाँतर्फ हुन्छ भने कतारमा बायाँतर्फ हुन्छ ।
–नेपालमा वर्षको ३ सय ६५ दिन हुन्छ भने कतारमा ३ सय ५४ दिन हुन्छ । रमजानको समयमा सार्वजनिक स्थानमा पानीसमेत सेवन गर्न मनाही गरिएको हुन्छ । प्रार्थनाको समयमा व्यापारिक केन्द्र तथा पसलसमेत बन्द हुने गर्छ । प्रार्थनाको समयमा गैर मुस्लिमले समेत त्यहाँको नियमको सम्मान गर्नुपर्छ ।
–कतारमा शुक्रवार सरकारी बिदा हुन्छ । कम्पनीहरूमा काम गर्ने कामदारको हकमा भने कम्पनीको नियमअनुसार आलोपालो गरी बिदा मिल्छ । आफ्नो कामको समय मिलाउन नसकेमा कम्पनीको नियमअनुसार तलब काट्नेदेखि लिएर अन्य कारबाही पनि हुन सक्छ । साताको ४८ घण्टा काम गर्ने समय तोकिएको हुन्छ भने ओभरटाइम कम्पनीको नियमानुसार हुन्छ ।
–बाहिर गर्मीबाट एक्कासि कोठामा आउनासाथ एसी चलाई कोठा चिसो गर्नु हुँदैन । त्यस्तै थाहा नभएको सामान चलाउनु हुँदैन । अरूलाई सोधेर मात्र कुनै पनि सामान चलाउनुपर्छ ।
–काम गर्न गएको मुलुकको श्रम ऐन, अध्यागमन ऐन राम्रोसँग थाहा पाउनुपर्छ ।
–करार अवधि सकिएपछि विदेशमा बस्नु हुँदैन ।
–करार विपरीत आफूखुशी अर्को ठाउँमा काम गरेमा गैरकानुनी ठहरिन्छ । त्यसो गर्दा सेवा, सुविधा प्राप्तिमा अप्ठ्यारो पर्न सक्छ ।

 

Leave A Comment