एटलान्टामा घन्किने भो नेपथ्य

शनिबार, ११ असार २०७३, १२ : २८ रामकुमार डिसी , Kathmandu
एटलान्टामा घन्किने भो नेपथ्य

गएको साल अमेरिका यात्राको क्रममा न्युयोर्कको प्रसिद्ध ‘म्यानहटन सेन्टर’को ह्यामर्सटाइनमा कार्यक्रम गरेको नेपथ्यले यस वर्ष एटलान्टाको ‘सेन्टरस्टेज’ प्रस्तुति दिने भएको छ । नेपाली लोक रक टोली नेपथ्यलाई एसोसिएसन अफ दी नेप्लिज इन दी अमेरिकाजले प्रस्तुत गर्दै छ । शहरकै प्रसिद्ध हलमा नेपथ्यले जुलाई २ मा नेपाली भाका घन्काउनेछ । एटलान्टा अमेरिकाको मुख्य सांस्कृतिक एवं आर्थिक केन्द्रका रूपमा परिचित छ ।
‘नेपथ्यलाई फेरि पनि अमेरिकामा निम्त्याउन पाउँदा खुशी लागेको छ,’ एएनएका उपाध्यक्ष एवं यस वर्षको सम्मेलन आयोजक समितिका प्रमुख डा. शम्भुप्रसाद ढुंगानाले भने, ‘नेपथ्यलाई सुहाउँदो मञ्चदेखि लिएर टोलीको प्राविधिक आवश्यकतासमेत व्यवस्थापन गर्दै स्तरीय प्रस्तुतिको बन्दोबस्त मिलाएका छौँ ।’

 

Leave A Comment