कोहलीको सतक अर्थहिन

बुधबार, १५ बैशाख २०७३, ०७ : ५१
कोहलीको सतक अर्थहिन

राजकोट–विराट कोहलीले अविजित रहँदै सतक प्रहार गरे पनि उनको टोली रोयल च्यालेन्जर्स बेङलोरले आइतबार आइपिएलको खेलमा विजय हासिल गर्न सकेट। कोहलीको बेङलोर गुजरातसँग ६ विकेटले पराजित भयो।

कोहलीको सतक मदतमा बेङलोरले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । जवाफमा गुजरातले ४ विकेटको नोक्सानीमा ३ बल अगावै जित हासिल गरेको थियो । गुजरातका दिनेश कार्तिकले अविजित ५० रन बनाए । दिनेशले ३९ बलमा ३ चौका प्रहार गरेका थिए । ओपनर ब्रेन्डन म्यककलमले ४२ रन बनाए ।

अर्का ओपनर ड्वायन स्मिथले ३२ रन जोडेका थिए । कप्तान सुरेश रैनाले २८ रनको योगदान गरे । बेङलोरका युजभेन्द्रा चाहल, केन रिचार्डसन, सेन वाट्सन र ताबराइज साम्सीले १/१ विकेट लिए । प्लेयर अफ द म्याच बेङ्लोरका कोहलीले ६३ बलमा १ सय रन बनाएका थिए । कप्तान कोहलीले ११ चौका र १ छक्का प्रहार गरेका थिए ।

कोहलीसँग क्रिजमा राम्रो समन्वय मिलाउन सफल भएका लोकेश राहुलले अविजित अर्धसतक प्रहार गरेका थिए । लोकेशले ३५ बलमा ५१ रन जोडे । उनले ४ चौका र ३ छक्का प्रहार गर्दै टोलीको स्कोर बढाउन योगदान गरेका थिए । एबी डी भिलियर्सले २० रन जोडेका थिए ।

गुजरातका धवाल कुलकर्णी र प्रविन ताम्बीले समान १ विकेट लिएका थिए । गुजरातका कप्तान सुरेश रैनाले जितको लागि हकदार ब्याटिङ एकता भएको बताए । 'राम्रो जित हासिल ग¥यौं । स्मिथले राम्रो सुरुआत गरे । दिनेशले राम्रो फिनिस गर्दा सफलता हात लाग्यो,' उनले भने, 'पहिलो ६ ओभर हामीले राम्रो वलिङ गरेका थियौं । तर कोहलीले राम्रो खेले ।' अन्तिम दुई ओभरमा गुजरातलाई जितको लागि २१ रन आवस्यक थियो । कार्तिक र जडेजाले अन्तिममा समयमा टोलीलाई जित दिलाउन योगदान गरे । हारपछि विराटले ब्याटिङमा राम्रो गरे पनि बलिङमा नियन्त्रण राख्न नसकेको बताए ।

यसैगरी शनिबार राती भएको खेलमा सनराइज हैदराबादले किङस–११ पन्जावलाई ५ विकेटले हराएको थियो । सुरुमा ब्याटिङ गरेको पन्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो । जवाफमा हैदरावादले १७.५ ओभरमा ५ विकेटको नोक्सानीमा जित हासिल ग¥यो । हैदरावादका ओपनर डेविड वार्नरले ५९ रन जोडेका थिए । शिखर धवनले ४५ रन बनाए ।

Leave A Comment