स्टारका सिक्रेट सम्बन्ध

मङ्गलबार, ०३ फागुन २०७३, १२ : २९ शुक्रवार , Kathmandu
स्टारका सिक्रेट सम्बन्ध

बलिउडका कतिपय सुपरस्टार आफ्नो प्रेम प्रसंगबारे खुलेर बोल्छन् । तर, कतिपय भने आफू सम्बन्धमा रहेको कुरा अस्वीकार गर्छन् । उनीहरू आफ्नो अफेयरलाई ‘सिक्रेट’ राख्न चाहन्छन् । बलिउडका सिक्रेट अफेयर भएका जोडीः
सलमान–लुलिया
सलमान खान र लुलिया वन्तुर बीचको सम्बन्ध अहिले बलिउडमा चर्चाको विषय बनेको छ । दुवैबीच अफेयर रहेको र उनीहरूले बिहे गर्ने अड्कल धेरैले काटिरहेका छन् । लुलिया सलमानको परिवारसँग घुलमिल भएकी छिन् । सलमान र उनको परिवारसँग उनले धेरै समय पनि बिताउने गरेकी छिन् । तर, सार्वजनिक रूपमा भने दुवैले आफ्नो सम्बन्धबारे मुख खोलेका छैनन् ।
फरहान–श्रद्धा
फिल्म ‘रक अन २’ मा फरहान अख्तर र श्रद्धा कपुर सँगै देखिए । यस फिल्मबाट दुवैबीच प्रेम झांगिएको खबरले बलिउड तातिएको छ । हालै, श्रद्धा आफ्नो बुबाको घर छोडेर फरहानसँग लिभ इन रिलेसनसिपमा रहेको र श्रद्धाका बुबा शक्ति कपुरले उनलाई घर फिर्ता ल्याएको समाचार छापिएको थियो । तर, पछि श्रद्धाले मिडियासामु यी सबै कुरा गलत रहेको बताइकी थिइन् । फरहान र श्रद्धाले आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन् ।
रणवीर–श्रुति
रणवीर कपुर र श्रुति हसन एक विज्ञापनमा सँगै देखिए । त्यसपछि पनि उनीहरूलाई धेरै ठाउँमा सँगै देखियो । बलिउडकर्मीका अनुसार रणवीरले श्रुतिलाई एक ‘सिक्रेट डिनर डेट’मा पनि लगेका थिए । तर, यी दुई स्टार सार्वजनिक रूपमा भने आफ्नो सम्बन्ध अस्वीकार गर्छन्् ।
आदित्य–कट्रिना
रणवीर कपुरसँग ब्रेकअप भएपछि कट्रिना धेरै पटक आदित्य राय कपुरसँग देखिएकी छिन् । उनीहरूबीच अफेयर चलिरहेको गाइँगुइँ बलिउडमा चलिरहेको छ । तर, आदित्य र कट्रिनाले सबैका सामु आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन् ।
अर्जुन–मलाइका
अरबाज खान र मलाइका अरोरा खान अलग्गिने कुराले सबैलाई अचम्ममा पारेको थियो । मलाइकाको अर्जुन कपुरसँगको सम्बन्धले सबैलाई अभैm आश्चर्यचकित बनाएको छ । उनीहरूबीच सम्बन्ध रहेको खबर फैलिएको छ । हालै, मलाइकालाई अबेर राति अर्जुनको अपार्टमेन्टबाट निस्किँदै गरेको उनका छिमेकीले देखेका थिए ।
अक्षय–ज्याकलिन
अक्षय कुमारको नाम थुप्रै अभिनेत्रीसँग जोडिएको छ । एक पटक फेरि अक्षयतिर सबैको ध्यान तानिएको छ । उनको र ज्याकलिन फर्नान्डेजबीच अफेयर चलिरहेको हल्ला छ । यस कुराबाट दुःखी भएर अक्षयकी श्रीमती ट्वीङ्कल खन्नाले ज्याकलिनलाई उनीबाट टाढा रहने चेतावनीसमेत दिएको समाचार छापिएको थियो ।
कंगना–ऋतिक
कंगना रनोट र ऋतिक रोशनबीच अफेयर रहेको कुरा बलिउडमा खूब चल्यो । कंगनालाई सुजन र ऋतिकको सम्बन्ध विच्छेदको कारणसमेत मानियो । पहिला उनीहरूले सम्बन्ध स्वीकार नगरे पनि पछि कंगनाले ऋतिकले आफूलाई प्रेम गर्ने बताएकी थिइन् । मनमुटाव भएर पछि उनीहरूले एकअर्कालाई लिगल नोटिससमेत पठाएका थिए ।
अर्जुन–सोनाक्षी
अर्जुन कपुर र सोनाक्षी सिन्हा धेरै पटक सँगै देखिए । तर, उनीहरूले कहिल्यै पनि आफ्नो सम्बन्ध स्वीकार गरेनन् । दुवै आफूहरूलाई ‘राम्रो साथी’ भएको बताउँथे ।
टाइगर–दिशा
फिल्म ‘एम एस धोनीः द अनटोल्ड स्टोरी’ र ‘कुंग फू योगा’ मा देखिएकी अभिनेत्री दिशा पाटनी आफ्नो अभिनयभन्दा पनि रिलेसनसिपका कारण चर्चामा रहने गरेकी छिन् । उनको अभिनेता टाइगर श्रोफसँग सम्बन्ध रहेको छ । विभिन्न ठाउँमा सँगै देखिने उनीहरूले एकअर्कालाई ‘साथी’ भन्ने गरेका छन् ।
सुशान्त–कृति
टीभी अभिनेत्री अंकिता लोखन्डेसँग ब्रेकअपपछि अभिनेता सुशान्त सिंह राजपूत अभिनेत्री कृति सेननलाई डेट गरिरहेका छन् । तर, मिडियाले उनीहरूलाई सम्बन्धबारे सोध्दा दुवैले एकअर्कालाई ‘साथी’ बताउने गरेका छन् ।

 

Leave A Comment