बेलायतमा पहिलो समलिंगी विवाह

शनिबार, ३१ असार २०७४, १२ : ३७ शुक्रवार , Kathmandu
बेलायतमा पहिलो समलिंगी विवाह

बेलायतमा पहिलो पटक मुस्लिम युवाबीच समलिंगी विवाह भएको छ । २४ वर्षे जाहेद चौधरी र १९ वर्षे सिन रोगनबीच समलिंगी विवाह सम्पन्न भएको हो । परम्परागत सुनौलो सेरवानीमा सजिएका उनीहरुले वालसल रजिस्ट्री अफिसमा उनीहरुको विवाह भएको थियो । दुई वर्षदेखि सम्बन्धमा रहेका उनीहरुमध्ये जाहेदलाई सिनले दर्लास्टन समुद्री किनारमा रोइरहेको अवस्थामा पहिलोपटक भेटेका थिए । जाहेदले एक्सप्रेस एन्ड स्टारसँग भनेका छन्, ‘म एक्लोपनले गर्दा रोइरहेको थिएँ । त्यही समयमा समुद्री किनारमा सिन आयो र मलाई ठीक भए नभएको सोधे ।’ सिनले नै जाहेदलाई निराशाबीच आशाको उज्यालो छरिदिएको उनी बताउँछन् । सोही समयदेखि नै उनीहरु साथै रहँदै आएका थिए । मुस्लिम भएर पनि खुला रुपमा समलिंगी भएर बाँच्नुपर्दा आफू कागको हुलमा बकुल्ला भएको र केही समयमा आफू जेजस्तो भए पनि राम्रो भएको बताउँछन् । आफू समलिंगी भएको जाहेदले लामो समयसम्म लुकाएर राखेका थिए । यसको लागि उनी लामो समय औषधि सेवनमा लागे र साउदी अरब हुँदै बंगलादेशसम्मका चर्चित धार्मिक ठाउँहरु पुगेर प्रार्थनासमेत गरे । विवाह समारोहमा जावेदको परिवारका कुनै सदस्य उपस्थित नभए पनि उनी आफ्नो यस्तो विवाहमार्फत सम्पूर्ण मुस्लिम र समलिंगीहरुका पक्षमा गतिलो उदाहरण भएको बताउँछन् । उनले थपे, ‘मेरो परिवार यो समारोहमा आउन चाहेनन्, उनीहरु यस्तो विवाह हेर्न पनि चाहँदैनन् अझ उनीहरुका लागि यो त पाप नै हुन्छ ।’ चौधरीले बताएअनुसार उनको परिवार उनको यौनिकताबारे चासो नै राख्न चाहँदैनन् र उनको यो विवाहलाई रोग अथवा प्रकोपका रुपमा हेरेका छन् । चौधरी भन्छन्, ‘म मेरोजस्तै समलिंगी अवस्थाका पूरै संसारका मानिसहरुलाई आशा जगाउन मुस्लिम र समलिंगीको विवाह हुन सक्छ भन्ने देखाउन चाहन्छु ।’

Leave A Comment