मोरक्कोमा मस्त कट्रिना

मङ्गलबार, १७ साउन २०७४, ११ : ३१ शुक्रवार , Kathmandu
मोरक्कोमा मस्त कट्रिना

बलिउडकी निकै रुचाइएकी कट्रिना कैफको केही साताअघि पूर्वप्रेमी रणवीर कपुरसँग ‘जग्गा जासूस’ आयो । फिल्मले समीक्षकहरुबाट फिल्मले मिश्रित प्रतिक्रिया पायो । बक्स अफिसमा भनेजस्तो सफलता हात पार्न नसकेको यस फिल्ममा कट्रिना पत्रकारका रुपमा प्रस्तुत भएकी थिइन् । हाल उनी अर्का पूर्वप्रेमी सलमान खानसँग ‘टाइगर जिन्दा है’को सुटिङमा व्यस्त छिन् । यतिबेला फिल्मको सुटिङ मोरक्कोमा गरिँदैछ । निकै प्रतिक्षित एक्सन फिल्मका लागि सलमानले घोडचढी अभ्यास गर्दैछन् भने कट्रिना समुद्री छालमा साहसिक खेल सर्फिङमा व्यस्त भएकी छन् । केही दिनअघि उनले सामाजिक सञ्जालमा राखेका भिडियो फुटेज र तस्बिरबाट यो कुरा थाहा भएको हो । फिल्मका लागि कट्रिनाले सुगठित शरीर बनाएकी छन् र उनी एक्सन अवतारमा प्रस्तुत हुनेछिन् ।

Leave A Comment