संस्कृत पाठशालासम्बन्धी भ्रम

सोमबार, २६ भदौ २०७४, ११ : ३४ प्रा. दिनेशराज पन्त , Kathmandu
संस्कृत पाठशालासम्बन्धी भ्रम

काठमाडौँबाट सौर्य सञ्चार सहकारी संस्था लि. द्वारा प्रकाशित वि.सं. २०७४ असार ५ गतेको सौर्य दैनिक ६ वर्ष १२१ अंकको ४ पृष्ठमा छापिएको रामप्रसाद धितालको किन संकटमा पर्दै छ संस्कृत ? भन्ने लेखमा १९३२ मा भोजपुरको दिङ्लामा बालागुरु षडानन्दले खोलेको संस्कृत पाठशाला आधिकारिक रुपमा खुलेको पहिलो पाठशाला मानिन्छ भनी लेखिएको छ ।
वि.सं. १८९७ मा श्री ५ राजेन्द्रविक्रम शाहको पालामा नारायण पण्डित (पौडेल)को मातहतमा संस्कृत पाठशाला खुलेको प्रमाण पाइएको छ । पाठशालाहरु खुल्दै जाने क्रममा वि.सं. १९३२ मा षडानन्द अधिकारीद्वारा दिङ्लामा संस्कृत पाठशाला खुलेको हो । वि.सं. २०६८ मा काठमाडौँबाट खिल शर्म–राजीवलोचन जोशी मारक प्रतिष्ठानद्वारा प्रकाशित दिनेशराज पन्तको बडा गुरुज्यू विजयराजसँग सम्बद्ध पत्रहरुका १७–१९ पृष्ठमा, वि.सं. २०७० मा काठमाडौँबाट आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा प्रकाशित बालागुरु षडानन्दसम्बन्धी अभिलेख तथा कागजातमा तथा वि.सं. २०७१ मा काठमाडौँबाट नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा ११० पूर्णांकका ७४–७७ पृष्ठमा छापिएको दिनेशराज पन्तको पौने दुई सय वर्षअघिको संस्कृत पाठशाला भन्ने लेखमा यस विषयमा सप्रमाण लेखिएको छ ।
यस कारण वि.सं. १९३२ मा दिङ्लामा खुलेको पाठशाला पहिलो आधिकारिक संस्कृत पाठशाला हो भनी सौर्य दैनिकमा लेखिएको कुरा अप्रामाणिक हो भन्ने प्रस्ट हुन्छ ।

Leave A Comment