शंकर र चिरञ्जिवीको ‘सान्नानी’ सार्वजनिक

सोमबार, ०३ साउन २०७३, ०६ : ०६ शुक्रवार
शंकर र चिरञ्जिवीको ‘सान्नानी’ सार्वजनिक

गीतकार शंकर ‘देव’ कँडेलको दोश्रो गिती संग्रह ‘सान्नानी’ सार्वजनिक भएको छ । हालै राजधानीमा एक कार्यक्रमविच संगीतकार आलोकश्रीले एल्बमको विमोचन गरे । 

एल्बममा नौंवटा गीत समावेश रहेका छन् । ‘एल्बमका सबै गीतहरु मैले सुने,’ संगीतकार आलोकश्रीले भने, ‘सबै सुमधुर र मुडमा ल्याउने खालका छन्, पक्कै लोकप्रिय हुनेछन् ।’ एल्बममा ६ गीतमा चिरञ्जिवी भण्डारीको संगीत रहेको छ भने पाँचवटा गीतमा उनले स्वर दिएका छन् । उनी गायक एवम् संगीतकार दुवै हुन् । 

एल्बममा ‘सान्नानी सुनन’, ‘जति नजिक हुन्छु म’, ‘सम्झेर फेरी’, ‘मायादको देशमा’, ‘यो मौसम’, ‘तिमी छौं र त’ आदि बोलका गीतहरु समावेश छन् । वसन्त सापकोटा, अनुप रेग्मी र हितान शुक्रले पनि एल्मबममा संगीत भरेका छन् । एल्बममा चर्चित गायकहरु मनोज राज, प्रमोद खरेल र शिव परियारको समेत स्वर सुन्न सकिन्छ ।  गायिकाहरुमा मिलन अमात्य, मनिषा पोखरेल र एञ्जिला रेग्मीले स्वर दिएका छन् । 

एल्बमका तीन गीत ‘सान्नानी सुनन’, ‘जति नजिक हुन्छु म’ र ‘म भन्छु यो गर’ बोलका गीतको म्युजिक भिडियो समेत बनेको छ । ती तीनटै गीतका भिडियो कार्यक्रममा देखाइएको थियो । एल्बमका गीतहरुमा अर्जुन अधिकारी र युवराज बाईबाले भिडियो निर्देशन गरेका छन् भने अभिनेत्री शिल्पा पोखरेल, मोडल विपना थापा लगायतले अभिनय गरेका छन् । 
 

Leave A Comment