विष्णु र गोपालको ‘दिदीको पाउ ढोग गरम’

बुधबार, ०५ साउन २०७३, ०० : १५ शुक्रवार
विष्णु र गोपालको ‘दिदीको पाउ ढोग गरम’

गायक गोपाल नेपाल जिएम र गायिका विष्णु खत्री क्षेत्रीले ‘दिदीको पाउ ढोग गरम’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन् । 

कृष्ण रानाले लेखेको गीतले दिदीबहिनी र भाईविचको प्रेम दर्शाउछ । संगीत गोपाल स्वयम्ले भरेका छन् । लोकदोहोरीकी व्यस्त मोडल रश्मी तामाङले भिडियोमा अभिनय गरेकी छिन् ।
 
‘ओए लभ्ली’ र ‘सनसनी’ बोलको गीतबाट प्रशंसा बटुलेका थारु मोडल नरेश जोगी रश्मीको भाईका रुपमा भिडियोमा नाचेका छन् । टिंकल पनि भिडियोमा फिचरिङ छिन् । भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । क्रिष्टियानो म्युजिक प्रालिले गीतलाई बजारमा ल्याएको हो । 

गीत हेनुस् :


 

Leave A Comment