सालाह फिट हुने आशा

बिहिबार, १७ जेठ २०७५, ०६ : १५ शुक्रवार
सालाह फिट हुने आशा

राष्ट्रिय फुटबल टोलीका चिकित्सक मोहोमेद अबाउ अल एलाले स्ट्राइकर मोहम्मद सालाह आगामी महिना रूसमा हुने विश्वकपसम्ममा पूर्णरूपमा फिट हुँदै मैदान फर्कने आशा व्यक्त गरेका छन् । 

सालाह शनिबार रियाल मड्रिडविरुद्धको च्याम्पिन्स लिग फाइनलदौरान काँधको चोटका कारण पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए । 

‘राष्ट्रिय टोलीका चिकित्सकले निरन्तर सालाहको स्वास्थ्यको पछिल्लो अवस्थाबारे जानकारी लिइरहेका छन् । लिभरपुलका अधिकारीले सालाहको काँधको मांसपेशीमा समस्या देखिएको जानकारी गराएका छन्,’ इजिप्ट फुटबल संघले शनिबार ट्विट गरेको छ । 

यद्यपि खेललगत्तै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले सालाहको चोट गम्भीर भएको बताएका थिए । 
सालाहको उत्कृष्ट प्रदर्शनमा इजिप्टले २८ वर्षपछि विश्वकपको टिकट काटेको थियो । 

Leave A Comment