गायक शिव परियारकाे रात्रिकालिन अनुभव :  ‘पिउँदापिउँदै छर्लङ्गै उज्यालो भो’

शुक्रबार, २२ असार २०७५, ०४ : ४२ भोला अधिकारी
गायक शिव परियारकाे रात्रिकालिन अनुभव :  ‘पिउँदापिउँदै छर्लङ्गै उज्यालो भो’

कलाकारिता क्षेत्र आफैंमा व्यस्त बनाउने कर्म हो । यसमा निश्चित कार्यतालिका हुन्न । रातदिन खटिनुपर्ने पेसा भए पनि कलाकारको मनमा यसो रमाइलो पनि गरौं न भन्ने लाग्छ नै । रात्रिकालीन रमाइलोमा जम्ने कलाकार पनि त्यत्तिकै छन् । नाइट लाइफमा कत्तिको रमाउँछन् कलाकार ? यो पटक गायक शिव परियारको अनुभव ।

मेरो कार्यक्रम प्रायः राति नै पर्छ । नाइटमै कार्यक्रम परेपछि त्यतै इन्जोय हुने भइहाल्यो । कार्यक्रम आयोजकले सँगै बसेर पिउने प्रस्ताव पनि गर्छन् । अवस्था हेरेर सँगै बसेर पिउने पनि गर्छु तर पुरै ल्याङ हुने गरी पिउँदिनँ ।
नाइट कार्यक्रम राखेका बेला १२ घण्टा पर्छ । त्यो बेलामा मुख्य चासो दर्शकलाई कसरी रमाइलो गराउने भन्नेमा हुन्छ । कार्यक्रम छैन भने साथीभाइसँग भेटेर मजाले पिउँछु पनि । मुड फ्रेस गर्न नाइट क्लबतिर पनि जान्छु । नियमित यसमै जान्छु भन्ने छैन । प्रायः डिजे, त्रिसला र बबरमहलको एउटा के थियो नाम बिर्सिएँ– त्यहाँ जान्छु । डान्स बारमा पनि गएको छु तर छानेर मात्र जान्छु, कहिलेकाहीँ । प्रायःले चिन्ने भएकाले पनि पिउने बेला होस पु¥याउनुपर्छ । 

अब बार र डान्समा गएपछि हल्का पिउनु त परिहाल्यो ! पिउँदाका केही रमाइला घटना पनि छन् । 
एक दिन साथीहरुसँग ठमेलमा गइयो । त्यहाँ गएपछि साथीहरुले डान्स बारमा जाउँ न भने । म पनि राजी भएँ । डान्स बारको माहोल रमाइलो थियो । पिउन थालियो । 

त्यो रात ३÷४ वटा जति डान्स बार डुलियो क्यारे ! गाडी एउटामा राखेको थिएँ । पिउँदापिउँदै उज्यालो हुन लागेको रहेछ । रक्सी मात्रै खाइएछ । स्न्याक्स खाइएन । उज्यालो हुने बेलामा भोक लागेर हैरान । बारको किचेन बन्द भइसकेको थियो । भोकले आँखै देखिएन । 

त्यहाँबाट निस्किएर केही खान पाइन्छ कि भनेर ठमेलको काठमाडौँ गेस्ट हाउस जाने बाटातिर पुग्दा पाउरोटी किन्न पाइयो । त्यही खाएर भोक मेटाइयो । गाडी राखेको रेस्टुराँमा पुगेर सुरक्षा गार्डलाई भनेर गाडी निकाल्न लगाएँ । सिधै घर जान पाउने कुरै थिएन किनभने मसँग साथी पनि थिए । उनीहरुलाई तिनको घर पु¥याउनै प¥यो ! सबैलाई गाडीमा राखेर घर पु¥याएर फर्कंदा बिहानको ७ बजिसकेको थियो । त्यसपछि घरमा दायाँबायाँ नहेरी गाडी थन्क्याएँ र मज्जाले सुतेँ ।
 

Leave A Comment