धोनीभन्दा अगाडि पारस

शनिबार, ३२ साउन २०७६, १० : ४९ शुक्रवार
धोनीभन्दा अगाडि पारस

पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगितामा निरासाजनक प्रदर्शन भए पनि व्यक्तिगत सफलतामा भने नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले उत्साहजनक सफलता पाए। खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरियतामा दिग्गज खेलाडिभन्दा अगाडि पर्न सफल भए। आईसीसीद्वारा घोषित टीट्वान्टी खेलाडीको अलराउन्डर वरियतामा उनी पारस २५ औं स्थानमा आइपुगे। उनको पहिलाको स्थान थियो ३९।

३९ बाट २५ मा हाइजम्प हान्दा धेरै चर्चित अन्तर्राष्ट्रिय खेलाडी उनीभन्दा पछि परे। त्यसमा परे न्युजिल्यान्डका चर्चित खेलाडी कोलिन डी ग्रान्डहोम, इङ्ल्यान्डका डेभिड विली, जोए रुट, बेन स्टोक्स र मोइन अली, पाकिस्तानका इमाद वसिम, श्रीलंकाका इसुरु उडना, दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेल। उनी टीट्वेन्टी ब्याटिङ वरियतामा ६६ औं स्थानमा उक्लिँदा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी पनि एक अंकले पछि परे।

Leave A Comment