नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको अध्यक्षमा ज्ञवाली

शुक्रबार, ०६ भदौ २०७६, ०१ : ५९ शुक्रवार
नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको अध्यक्षमा ज्ञवाली

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। साधारण सभाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक तथा महिला उद्यमी शोभा ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष ज्ञवालीले नेपाल र फिलिपिन्सबीचको पारस्परिक सम्बन्ध तथा सहयोगको माध्यमबाट नेपालमा औद्योगिक र व्यापारिक क्षेत्रको विकास तथा विस्तारमा सघाउ पु-याउन आफ्नो कार्यकालले महत्वपूर्ण भूमिका खेल्ने जानकारी गराइन्। ‘दुई देशबीचको आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रको विकास तथा पर्यटन प्रवद्र्धनमा नेतृत्वले भूमिका निभाउने छ,’ उनले भनिन्।

नेपाल र फिलिपिन्सका उद्योगी, व्यापारीलगायत अन्य व्यावसायिक समुदायबीच सम्पर्क र सहयोग प्रवद्र्धनमा संस्थाको नेतृत्वले निभाउनुपर्ने भूमिकामा जोड दिने पनि उनको भनाइ छ। आफ्नो कार्यकालमा फिलिपिन्स र नेपालबीच द्विपक्षीय सहयोग, व्यापार–वाणिज्य र लगानीका क्षेत्रमा काम गर्ने उनको प्रतिबद्धता छ।

कार्यक्रममा बोल्दै संस्थाका महासचिव लुसी थापाले नेपाल र फिलिपिन्सको सम्बन्ध विस्तारमा संस्थाको तर्फबाट पु-याउने योगदानबारे जानकारी गराइन्। नेपाल र फिलिपिन्सबीच धर्म र संस्कृतिको मात्र समानता नरहेको जनाउँदै उनले दुई देशबीच व्यापारिक तथा शैक्षिक सम्बन्ध रहेको स्मरण गराइन्।  अवैतनिक महावाणिज्यदूत सुरज वैद्यले झण्डै दुई हजारभन्दा बढी नेपालीले फिलिपिन्सबाट शैक्षिक योग्यता हासिल गरेको तथा दुई देशबीचका केही सांस्कृतिक तथा धार्मिक आधारहरु समान रहेकाले पनि संस्थाले आर्थिक तथा पर्यटन विकासमा जोड दिने धारणा व्यक्त गरे।

Leave A Comment